SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२९ गते
    ८० पटक

    एक पूर्वन्यायाधीश काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् ।

    उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् । लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ । त्यसै जग्गामा विवाद हुँदा उनी अदालत पुगेका हुन् ।

    शाक्यको जग्गामा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भन्दै उनी अदालत पुगेका हुन् । जोशीले आफ्नो जग्गामा पर्खाल लगाउन खोज्दा राजनीति र शक्तिको आडमा मेयरका दाजुले काम गर्न नदिएको आरोप लगाए ।
    ‘उनको जग्गामा मोटरबाटो पुर्याउने प्रयास गर्दा मेरो जग्गा मिचिने भएकाले म न्यायका लागि अदालत आएको हुँ’, पूर्वन्यायाधीश जोशीले भने । बाटोले काटेको जग्गा आफूलाई अर्को तर्फबाट दिनुपर्ने जोशीले माग गरेका छन् । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं