SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२७ गते
    १५७ पटक

    काठमाडौं, । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मुख्य सुरक्षा चुनौतीका रुपमा लिएको छ ।  दुई तिहाईको कम्युनिस्ट सरकार गठन भएको एक वर्षे अवधिमा विप्लवका कार्यकर्ताहरूले दर्जन बढी बम विष्फोटलगायत हिंसाका घटनाहरू गराएर आतंक सिर्जना गरेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

    पछिल्लो एक महिना यता प्रहरीले विप्लवका सयौँ कार्यकर्ताहरूलाई हतियारसहित पक्राउ गरिसकेको छ । शान्ति प्रक्रियाका लागि वार्तामा आउन सरकारले गरेको आह्वानलाई महत्व नदिएपछि सरकारले प्रशासनिक कारबाहीमार्फत तहलगाउन संकेत देखाएको छ ।

    डा.सीके राउतसँग एघार बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित सभामा ०७५ फागुन २४ गते शुक्रबार बोल्दै प्रधानमन्त्री केपी ओलीले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई लुटेरा भनेर आलोचना गरे । त्यसको भोलिपल्ट फाुन २५ गते प्रदेशस्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्न कर्णालीको राजधानी सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले विप्लवका नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक व्यवहार नगर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

    यता, विप्लवको नेकपाविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुँदैछ भने उता पार्टीभित्र महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीका दोस्रो वरीयताका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीचको विवाद चर्किदै छ ।

    नेकपा माओवादीबाट फुटेर मोहन बैद्यको नेतृत्वमा ०६९ साल असार ५ गते गठन भएको नेकपा माओवादी क्रान्तिकारीमा सँगै आएका विप्लव र प्रकाण्डले बैद्यलाई छाडेर ०७१ साल मंसिर ७ गते नेकपा माओवादी गठन गरेका थिए । प्रहरी हिरासतमुक्त भएदेखि प्रकाण्ड र विप्लवबीच बोलचाल नै बन्द भएको स्रोतले दाबी गरेको छ ।

    ०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल प्रालिको गेटमा गराइएको बाम बिस्फोटपछि प्रेस विज्ञप्ति निकाल्न पार्टी हेडक्वार्टरले दिएको निर्देशन प्रकाण्डले नमानेपछि महासचिव विप्लवले नै विज्ञप्ति निकालेको स्रोतले जनाएको छ । एनसेलमाथिको दोस्रो कारबाहीका पक्षमा प्रकाण्ड नरहेको उनी निकट एक नेताले बताए ।

    प्रकाण्ड, फ्रयाक्सन इन्चार्ज मोहन कार्की जीवन्त र जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेलले एनसेलमाथि आक्रमण नगर्ने भनेर नियमितरुपमा ठूलो रकम चन्दा लिने गरेकोले यो समूह कारबाहीको विपक्षमा रहेको स्रोतले बनायो । पार्टीमा प्रवक्ताले नै विज्ञप्ति निकाल्ने प्रचलन रहँदै आएको थियो । प्रकाण्डले टेर्न छाडेपछि महासचिव विप्लवले पनि खासै भाउ नदिएको नेता तथा कार्यकर्तापंक्तिमा चर्चा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं