SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२५ गते
    ११२ पटक

    पर्वत साहित्य संगमले गण्डकी प्रदेशकै साहित्यलाई अगाडी वढाउन सफल भएको अध्यक्ष पहाडिको भनाई

    निर्मल पौडेल एन.पि.घायल  पर्वत ।
    नेपाली भाषा,साहित्य,कला तथा संस्कृतिको जर्गेना गरौ‘ भन्ने मुल नाराका साथ स्थापित पर्वत साहित्य संगम कुस्मा पर्वतको छैटौ साधारण सभा तथा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । शनिवार पर्वत सदरमुकाम कुस्माको नमुना आवासिय माध्यमिक विधालयको सभाहलमा साहित्य र सिर्जनाका विविध विषयमा छलफल गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले राजेन्द्र पहाडीको अध्यक्षतामा ११ सदस्यीय नयॉ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा डि.आर.शर्मा. सचिवमा खेमराज शर्मा, सहसचिवमा गोकुल शर्मा,कोषाध्यक्षमा मिना गुरुङ सर्वसम्मतिले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुन्दरप्रसाद जोशी,निर्मल पौडेल एन.पि घायल, शिव संकल्प, दिवाकर शर्मा पराजुली,नवराज शर्मा, सिता पौडेल रहेका छन् । २ सदस्य पछाडि थप गर्ने वताईएको छ ।

    अधिवेशनले ४ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ जसमा लक्ष्मी प्रसाद शर्मा, लक्ष्मी राज शर्मा, याम ढुङ्गाना के.सी. र गोविन्द भुषाल रहनु भएको छ । नवनिर्वार्चित कार्यसमिति गठन पछाडी समापन कार्यक्रलाई सम्वोधन गर्दै अध्यक्ष राजेन्द्र पहाडीले आँफुलाई पुन अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउने सम्पुर्ण पदाधिकारी हरुलाई धन्यवाद दिँदै पर्वत साहित्य संगम लाई आगामी दिनहरुमा अझै शसक्त रुपमा अगाडी वढाएर लैजान र साहित्यिक माहोल लाई थप सकृय वनाउनका लागि आँफु दृढ संकल्पका साथ अगाडि वढ्ने वताए ।

    पहाडीले विविध विधाका साहित्य सिर्जना, साहित्यिक पुस्तक तथा पत्रिका प्रकाशन साहित्यिक पुरस्कारको स्थापना सहित कैयन साहित्यसम्वद्ध गतिविध संचालन गर्दै नेपाली भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण प्रर्वदनमा नेपाली भाषा तथा वाङ्मयको वृद्धि र विकाशमा पर्वत साहित्य संगमले गण्डकी प्रदेशमै अतुलनिय योगदान पु¥याउन सफल भएको वताए । कार्यक्रममा अतिथी संस्थाका संरक्षक संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले नवनियुक्त कार्यसमिती लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्तव्य राखेका थिए ।

    कार्यक्रममा पर्वतको साहित्य र सिर्जनालाई उल्लेख्य योगदान पु¥याएको भन्दै संस्थाका सल्लाहकार सदस्य लक्ष्मी राज शर्मा पौडेल लाई फूलमाला दोसल्ला ओढाएर र सम्मान पत्रद्धारा सम्मान गरिएको छ । संस्थाका आजिवन सदस्यहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमा साहित्यकार हरुले आफ्ना रचना वाचन समेत गरेका थिए । वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव डि.आर.शमाले प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगिता सुवेदीको अनुपस्थितिमा ख्यामराज शर्मा चापागाईले ३ लाख ७१ हजार ५ सय २० हजार वरावरको आयव्यय प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा साहित्यकार सरस्वती शर्मा जिज्ञाशु ,देव शर्मा, आनन्द रिमाल ,दिपसागर पौडेल, दिवाकर शर्मा पराजुली, लगायत करिव ५० जनाको उपस्थिती रहेको थियो । पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता संरक्षक इन्द्रकुमार विकल्पको आतिथ्यता, निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीको शुभकामना मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डि.आर. शमाले गरेका थिए । विक्रम संवत २०५४ सालमा स्थापना भएको यस संस्थाले स्थापना कालदेखीनै साहित्यका विविध विधाका विषेशांक कथा,कविता, उपन्यास,गजल मुक्तक, हाइकु लगायत साहित्यका प्राय विधाका कृतीहरु प्रकाशन गर्दै आईरहेको छ । कालिको सुलेली त्रैमासिक पत्रिका लाई ६३ औँ अंक सम्म पु¥याएर देश तथा विदेशमा रहेका सर्जकहरु र सिर्जनाहरु लाई समेट्न सफल साहित्य संगमले वाल सुशेली लगायत विविध पत्रिकाहरु समेत प्रकाशन गर्दै आईरहेको छ । संस्थामा हालसम्म करिव डेढ सय आजिवन सदस्यहरु आवद्ध रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं