SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/२२ गते
    १७५ पटक

    पर्वत । प्रतिनिधि सभाका सांसद पदम गिरीको पहलमा कुश्मामा जेष्ठ नगारिक परामर्श केन्द्र बन्ने भएको छ । सांसद गिरीले संघिय सरकारबाट २ करोड २६ लाख रुपैंया विनियोजन गर्न पहल गरेसंगै कुश्मामा जेष्ठ नागरिक परामर्श केन्द्र निर्माण हुने भएको हो । कुश्मा नगरपालिकाको वडा न ७ मा उक्त भवन निर्माण गरिने कुश्मा ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार जग्गाको ब्यवस्थापन गरी रकमको खोजी भईरहेको बेला संघिय सांसद गिरीले उक्त रकम ब्यवस्थापन गर्न पहल गरेका हुन ।

    गिरीको पहलसंगै संघिय सरकारबाट विनियोजन भएको रकमले पर्वत सदरमुकाम कुश्मामा सुविधा सम्पन्न नागरिक परामर्श केन्द्रको निर्माण हुने भएको छ । भवन निर्माणका लागि यस अघि नै जेष्ठ नागरिक मिलन समाजले पहल गर्दै आइरहेको थियो । समाजको पहलमा कुश्मा ७ मा जग्गाको समेत प्रवन्ध गरिएको छ । उक्त जग्गामा निर्माण हुने भवनलाई बहुृउद्देश्यीय भवनको रुपमा पनि परिणत गर्ने गरी योजना गरिएको वडा अध्यक्ष पौडेलको भनाई छ ।

    उता, सांसद गिरीले जेष्ठ नागरिकको सम्मानार्थ निर्माण गर्न लागिएको भवनको निर्माणका लागि संघिय सरकारको तर्फबाट सहयोग गरिएको बताए । उनले भवन निर्माणसंगै त्यसको ब्यवस्थापन र सदुपयोगका लागि पनि आगामी दिन विशेष कार्य योजना निर्माण गर्न स्थानीयबासी र वडा कार्यालयलाई आग्रह गरे । सांसद गिरीले आफूले निर्वाचनको क्रममा जनतासंग गरेका प्रतिबद्धताहरु क्रमशः पुरा गर्दै जाने प्रण ब्यक्त गरे ।

    उनले सडक सुधार, शिक्षा क्षेत्रको विकास, कृषि,पशुपालन र पर्यटनलाई जिल्लामा ब्यवस्थित रुपमा विकास गर्ने गरी आफूले संघिय सरकारसंग आवश्यक समन्वय गरीरहेको समेत जानकारी दिए । पछिल्लो समय भएका यस्तै यस्तै बिकास निर्माणका कामहरुको कारण साँसद गिरीले गरेका कामहरु हेरेरे नेता होस् त पदम गिरी जस्तो भन्ने कुरा चल्न थालेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं