SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१९ गते
    ६३ पटक

    कपिलवस्तु/संवाददाता हरियाली युवा क्लबको आयोजना विजयनगर गाउँपालिकाको सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता को दोस्रो चरण सेमिफाइनलको खेल सुरु भएको छ ।जय बुद्ध र स्टार राइजिङ बीच कडा प्रतिस्प्रर्धा भएको खेलमा जय बुद्धले ३ गोल हानी विजय भएको छ । खेलकुद माध्यम बाट गाउँपालिकालाई पहिचान बनाउनु पर्ने विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा बताउदै अन्य क्षेत्रको विकास क्रमश भइरहेकोले खेलकुदलाई प्राथमिकतामा ल्याउन खेलको सुरुवात गरेको उनले बताए।

    खेलाडी राष्ट्रका गहना भएकाले खेलाडी उत्पादनका लागी गाउँपालिकामा हुने खेलकुदका कार्यक्रमलाई प्रोत्साहन गरिने अध्यक्ष थापा बताए । सवै जातजाती भाषा धर्मलाई एकजुट बनाउन खेल आवश्यक रहेको भन्दै खेलको माध्यमवाट भाईचाराको सम्वन्ध स्थापित हुने उनले जिकिर गरे । गाउँपालिका खेल क्षेत्रमा पछाडी परेकोले यस्ता प्रतिस्पर्धाले खेलाडीहरुमा उत्साह थपिने भएकाले अगामी दिनमा गाउँपालिका स्तरीय खेलमैदान बनाउने लक्ष्य रहेको जानकारी गरे ।

    गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरमाको खेल मैदानमा सुरु भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेका ६ वटा अझै टिम बीच खेलहुने खेल संयोजक दुर्गा बहादुर दर्जीले बताए । विजयनगरमा रहेको संकरपुर ताल लगाएत अन्य पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा समेत खेल बाट टेवा पुग्ने वडा न ४ का अध्यक्ष तिलक राम कडेल ले विश्वास व्यक्त गरे।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद पुरस्कार ५० हजार ,ट्रफि, प्रमाण पत्र, दोस्रोहुनेलाई नगद ३० हजार ट्रफि र प्रमाण पत्र रहेको खेल संयोजक दुर्गा बहादुर दर्जिले बताए । फिफाको नियमअनुसार खेलाइने फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुगेका टिमलाई ५ हजार , उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई मेडल रहेको दर्जिले बताए ।खेलमा १६टिम सहभागी भएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं