SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१८ गते
    १४७ पटक

    पर्वत । प्रगतिशिल लेखक संघ नेपाल पर्वत शाखाको अध्यक्षमा युवा लिडर तथा साहित्यकार अर्जुन पाैडेल निर्जनकाे सफल कार्यकाल समाप्त भएसँगै अर्का लेखक साहित्यकार किशोर मनष्वि सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार पर्वतमा बसेको जिल्ला भेलाले उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । संघको उपाध्यक्षमा बिमल मायालु, सचिवमा यमप्रसाद पौडेल,सहसचिवमा आनन्द रिमाल,कोषाध्यक्षमा विष्णु सुवेदी चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा दिनेश शर्मा पौडेल, जगदिश शर्मा पौडेल,संगिता सुवेदी, विक्रम ढुंगाना,महेन्द्र केसी, दिलिप पौडेल,परशुराम सु्वेदी र बैगुण्ठ गिरी चयन भएका हुन् । जिल्ला भेलालले प्रदेश प्रतिनिधिमा दिनेश शर्मा पौडेल, संगिता सुवेदी, विक्रम ढुंगाना र यम प्रसाद शर्मालाई चयन गरेको छ । जिल्ला भेलाबाट केन्द्रिय प्रतिनिधिमा परशुराम सुवेदी, बैगुण्ठ गिरी र विमल शर्मा मायालुलाई सिफारिस गरेको छ ।

    त्यस्तै जिल्ला भेलाले सात सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा पूर्वअध्यक्षहरुलाई राखिएको छ । संगीतश्रोृता, बैगुण्ठप्रसाद भुषाल,गणेशकुमार जिसी,र्शैलेज पौडेल,राजेन्द्र पहाडी,इन्द्रमान खत्री, भूमिराज शर्मा र अर्जुन पौडेल निर्जन रहेका छन् ।

    बन्दुकले होइन कलमले विश्व परिर्वतन गर्छ
    जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडलले बन्दुकले नभई विश्व कलमले परिर्वतन गर्ने बताएका छन् । प्रलेसको जिल्ला भेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले बन्दुकले विनास हुने तर कलमले विश्वलाई सकरात्मक परिर्वतन गर्न सक्ने बताएका हुन् । पौडेले लेखक, साहित्यकारहरुको लेखनबाट समाजको यथार्थ बोल्ने र त्यसले समाजको परिर्वतनको अगुवाई गर्ने बताए । उनले पछिल्लो समय साहित्यकारहरु पनि एक आपसमा पक्ष र प्रतिपक्षको रुपमा खडा भएको देख्दा दुख लागेको बताए । प्रगतिशिल लेखनबाट नै समाजको परिर्वतन हुने भएका कारण परिर्वतनकारी एक हुन आवश्यक रहेको उनले औलाए ।

    विकासमा पक्ष र प्रतिपक्ष नबर्नौ
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मेघनाथ सुवेदीले विकास गर्न पक्ष र प्रतिपक्ष हुन आवश्यक नरहेको बताएका छन् । उनले सबै एक भएमा देशमा आमूल परिर्वतन हुने भन्दै विकासमा कोही पक्ष र प्रतिपक्ष हुन आवश्यक नरहेको बताए । पछिल्लो समयमा विरोधको नाउँमा विरोध हुने गरेको र यसले पग्रतिशिल हुन नदिने भन्दै साहित्यकारहरु सचेत रहन आग्रह गरेका हुन् ।

    कार्यक्रममा राजेन्द्र पहाडी,इन्द्रमान खत्री,पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, ओमप्रसाद घायल, भूमिराज शर्मा, वैगुण्ठ भुसाल, चिरञ्जिवी अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए ।  प्रलेस जिल्ला शाखा पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनको अध्यक्षतामा भएको कार्यक्रममा लेखक तथा पत्रकार बैकुण्ठ गिरीकाे जन्माेत्सब समेत मनाइ उहाँलाइ शुभकामना दिइएकाे थियाे भने कार्यत्रःमा स्वागत दिनेश शर्मा पौडेल र संचालन किशोर मनष्विले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं