SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१४ गते
    ६२ पटक

    पर्वत – पोखरामा गण्डकी प्रदेशस्तरीय सूचना प्रविधिको बृहत मेला फागुन १८ गतेदेखि २४ गतेसम्म ‘क्यान इन्फोटेक’ हुने भएको छ । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) गण्डकी प्रदेशको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सो मेलाको तयारीलाई तिब्र पारिएको छ ।

    सूचना प्रविधि सम्बन्धि विविध गतिविधि हुने सो मेलाको प्रचार प्रसारको क्रममा पर्वतको कुश्मामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले सूचना प्रविधिको विकास, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिनुभयो ।

    मेलामा सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत, ल्यापटप एक्सचेन्ज, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी हुने क्यान गण्डकी प्रदेश समितिका अध्यक्ष चिन्तामणी बास्तोलाले बताउनुभयो । त्यसैगरि सो मेलामा सुचना प्रविधिसंग सम्बन्धित नविनतम गतिविधि प्रदर्शनी,मोवाईल गेमिङ,नविनतम प्रविधिका मोवाईलको समेत प्रदशनी हुनेछ । मेलामा १ सय बढी सुचना प्रविधि सम्बन्धि स्टलहरु रहने आयोजकले जनाएको छ ।

    मेलालाई सफल बनाउन क्यान कास्कीका अध्यक्ष पौडेलको संयोजकत्वमा विभिन्न २६ वटा उपसमिति समेत गठन गरिएको क्यान कास्कीका इश्वर चालिसेले जानकारी दिनुभयो । इन्फोटेककै अवसरमा दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने भएको छ ।

    मेलामा रु २४ लाखको आम्दानी र रु २१ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम सूचना प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने साथै सामाजिक क्षेत्रमा योगदान पु¥याइने अध्यक्ष पौडेलले बताउनुभयो ।

    सो मेलाकै समयमा नयाँ बजारमा सातौँ सिटि रवान महोत्सव तथा फुड फेष्टीवल समेत सञ्चालनमा रहनेछ । कार्यक्रममा पर्वतका सञ्चारकर्मी र पर्वत क्यानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं