SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१४ गते
    ११८ पटक

    गोबिन्द रिजाल,पर्बत।अठार बर्ष भन्दा मुनिकोले कान थुनेर बस… ..अठार बर्ष भन्दा माथीको नेपहपको बाटोमा लाउरे संग परेड खेल्न आईजा…..लेफ्ट राईट लेफ्ट राईट …..भन्दै स्टेजमा धमेकदार इन्ट्री गरेका लाउरे अर्थात् आशिष राना ले हिजो राती सोमबार पुन युवा क्लबको आयोजनामा भएको मगर महोत्सवमा उनले आफ्नो प्रस्तुती दिएका हुन् । कुश्मा स्थीत बडागाउँ चौरको खेल मैदानमा लाउरेले आफ्नो गीतमा सबैलाई पसिना झार्ने गरि उफारे । प्रथम राष्ट्रिय मगर महोत्सबमा लाउरे आउने खबर पाए पछि जनसागर उर्लेको थियो । लाउरेलाई हेर्न उनका हजारौ समर्थकहरु महोत्सव परिसरमा थिए ।

    रअबाज नेपाली र्र्याप ब्याटल बाट उदाएका लाउरे अर्थात् “आशिष राना” छोटो समयमा नै युवा युवतीको लोकप्रिय हुन पुगे।उनले नेपाली फिल्म ताण्डबमा नायक भएर पनि अभिनय गरे तर नायक भन्दा गायकमा नै उनि रमाए। र्र्याप विधाका महारथी भन्न सुहाउने “आशिस राना” युवा युवतीहरु माझ अत्यन्तै लोकप्रिय मानिन्छन भने चर्चित सो हिमालय रोडीजको जज समेत् गरिसकेका, अभिनय पनि गरेका, अनि धेरै गित मा स्वर भरिसकेका र एल्बम हरु निकाली सकेका पोखराका युवा र्र्याप गायक लाउरेले ८:३० देखि ९ बजे सम्म आफ्नो प्रस्तुतिमा सबैलाई उचालेका थिए । कार्यकम संचालक कृष्ण अखेलीले लाउरे लाउरे भनेर उद्घोषण गरिरहदा उनका फ्यान हरुले उस्तै हुटिंग गरिरहेका थिए ।

    चिसो मौसम अनि लाउरेको गित धुलो मात्र होइन आयोजकको पनि होस् उडेको थियो किनकि दर्शक थामिनसक्नु थियो हिजोको डिजे कन्सर्टमा ।उनले लाइभ डिजे कन्सर्ट मार्फत विभिन्न आफ्ना चर्चित गीतहरु गाएका थिए ।भीडले हुटिङमार्फत समर्थन गरिरहेका थिए भने उनि गाउन रोकिएका थिएनन् । करिब आठ नौ बाट गित गाए पछि उनले सबै आफ्ना समर्थकहरु र पर्बतबासीहरु लाई धन्यवाद दिए।आफ्नो प्रस्तुति सकिए पछि उनि संग उनका फ्यान फोटो खिच्न तछाड मछाड गर्दै थिए । उनको क्रेज युवा युवती माझ लोभलाग्दो थियो।

    लाउरे “आशिष राना” को लाइभ दमदार प्रस्तुति (भिडियो)

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं