SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१४ गते
    ७१ पटक

    निर्मल पौडेल पर्वत ।
    ग्लोबल आइएमई बैंकले आफ्नो १ सय १८ औँ शाखा वाग्लुङ नगरपालिका वार्ड नम्वर १२ अमलाचौरमा विस्तार गरेको छ । सोमवार एक औपचारीक कार्यक्रमको आयोजना गरी वैँकले आफ्नो शाखा शुभारम्भ गरेको हो । कार्यक्रममा प्रमुख अतिथी तथा वडा नं १२ का वडा अध्यक्ष श्री गुरु दत्त पाठकले ग्लोबल आइएमई बैंकिङबाट ग्रामिण ठाउका बासीन्दाको लागि ठुलो सहयोग पुग्ने र बैंकिङ सुविधाको लागि पहिलाजस्तो सदरमुकाम नै धाउनु पर्ने बाध्यताको समाधान हुने साथै विकासको लागि थप सहयोग पुग्ने बताए ।

    कार्यक्रमका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लि कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माले नेपाल सरकारको हरेक व्यक्ति एक खाताको लक्ष तथा हरेक क्रियाकलाप बैंकिङ माध्यबाट गर्ने निती अनुसार अमलाचौरमा शाखा रहित बैंकिङ सेवा शुरुवात गरिएको बताए । यो सेवावाट एक व्यक्तिले एक दिनमा ५० हजार रुपैँया सम्म पैसा भिक्न पाउने र १ लाख सम्म जम्मा गर्न पाउने साथै विभिन्न विलहरुको भुक्तानी समेत गर्न पाउने बारेमा जानाकारी दिए ।

    कार्यक्रममा जननिर्वाचित वडा प्रतिनिधीहरु, विभिन्न विधालयका शिक्षकहरु तथा विधालय व्यवस्थापन समितीका पदाधिकारीहरु, राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी तथा व्यवसायीहरुको उपस्थीती रहेको थियो । यस शाखावाट अनुमानित ७ हजार जनसंख्या साथै १४ सय भन्दा बढी घर धुरीले सेवा पाउने लक्ष्य लिइएको छ ।

    वैङकिङ सुविधा दिनको लागि बा.न.पा वडा नं १२, अमलाचौर कान्ले निवासी व्यवसायी कृष्ण प्रसाद चापागाईलाई प्रतिनिधीको रुपमा नियुक्ती गरिएको प्रबन्धक प्रकाश शर्माले जानाकारी दिए । ग्लोबल आईएमई बैंक लिमिटेड कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माको अध्यक्षता तथा बा.न.पा वडा नं १२ का वडा अध्यक्ष श्री गुरु दत्त पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुजन प्रेमीले गरेका कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं