SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१३ गते
    ४९० पटक

    सुवास लामिछाने सुचनाकेन्द्र डटकम पर्वत । पछिल्लो समय चर्चाको शिखर चुम्न सफल चर्चित रक गायिका सरस्बती लामाको प्रस्तुति हेर्ने शनिबार कपिलबस्तुमा दर्शकको महासागरनै उर्लियो । युथ एलान्यस फर चेन्ज बुद्धभुमिले आयोजना गरेको दोस्रो बुद्धभुमि कृषि, ब्यापारिक सांस्कृतिक पर्यटन तथा औधोगिक प्रर्दशनी मेलामा उनको शो मानै दर्शक कोचाकोच थिए । कयौ दर्शक मेला हेर्ने बाट बञ्चीत समेत बने । सरस्वतीलाई हर्ने एकै साझ ४७ हजार दर्शकले टिकट काटे । तर बिडम्बना टिकट अभाममा कयौ दर्शक हल बाहिर बसेर भएपनि उनका डेढ दर्जन भन्दा बढी गितमा रमाए ।

    आयोजकले सोचे भन्दा बढी टिकट बिक्री भएपछि टिकट अभाममा एक घण्टा टिकट काउन्टरनै बन्द गर्नु शिवाय केहि लागेन । आयोजक कृष्ण गिरीका अनुसार सोचे भन्दा बढी दर्शकहरुको ठेलमठेल भएपछि टिकटनै अपुग भएर एक घण्टा काउन्टर बन्द गर्न बाध्य हुनुप¥र्यो । अरु दिनहरुमा खासै दर्शकहरुको चाप नभए पनि रक गायिका सरस्बती लामाको शोको दिन दर्शकको महासागर उर्लिएको हो । अन्य चर्चित गायकहरु आउँदाको दिनमा ३५ हजार समेत उठाउन नसकेको आयोजकले सरस्बतीको शोमा भने १४ लाख आम्दानी गर्न सफल भएको छ ।

    प्रतिक्षामा बसेका लाखौ दर्शक सरस्बतीलाई स्टेजमा पाएपछि गडगडाहाट तालीले स्वागत गरेका थिए । जब उनले स्टेजबाट आफ्नो पहिलो शो प्रस्तुत गर्न के शुरु गरेकी थिईन उनको हट शो हर्ने बसेका लाखौ दर्शक धुलो उडाई उडाई नाच्न थालेका थिए । यता सोचे भन्दा बढी दर्शकहरु भित्राउन पाउँदा आयोजक समेत दंग परेका थिए । सधै जसो ५ बजे बन्द हुने मेलामा उनको शो दर्शकहरु थामिनसक्नु भएपछि राति ८ बजे सम्म सञ्चालनमा आएको थियो ।

    जसले गर्दा प्रहरी प्रशासनलाई समेत त्यो महासागरलाई थमाउन हम्मे हम्मे परेको देखिन्थ्यो । साझ नपर्दै स्टेजमा उक्लीएकी सरस्बतीले करिब डेढ दर्जन भन्दा बढी गितमा लाखौ दर्शलाई एक साथ झुमाएकि थिईन । उडि जाने हाबाले, उबर्शि, भैसि हात्ति, उत्तर पुर्ब,यो छोरीलाई उसको मनमा लगायतका गितहरुमा दर्शकलाई साझको चिसो धुलोमा पसिना आउने गरि नचाएकी थिईन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं