SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/१२ गते
    १७६ पटक

    १- यस विधेयक ले ४१ सदस्य खेलकुद परिषद निर्माण गर्न खोजेको मा यस भद्दा समिति लाई चुस्त बनाउने प्रयत्न गर्नु पर्दछ !
    -घटाउने ठाॅउ हरु-
    (क) विभिन्न मन्त्रालयका ७ जना सचिव हरु सदस्य रहने व्यवस्था आॅफैमा भद्दा मजाक हुनेछ र प्राय कुनै पनि सचिव खेलकुद परिषदको नियमित वैठकमा उपस्थित हुने छैनन र उनिहरु को मुख्य दायित्व आफ्नै मन्त्रालयमा हुने हुॅदा कुनै उत्तर दायित्व लागु पनि हुने छैन यसर्थ खेलकुद मन्त्रालय को सचिव वाहेकका अरु सचिवहरु रहने ब्यबस्था हटाई आबस्यकताको आधारमा पदेन वा आमन्त्रित सदस्यको रुपमा निमन्त्रणा गर्न सक्ने व्यबस्था हुनु पर्दछ र निजहरु को बैठकमा मताधिकार रहने छैन!

    (ख) यसै गरी हरेक प्रदेश का खेलकुद परिषद का प्रमुख हरु स्वत राष्ट्रिय खेलकुद परिषद का सदस्य हुने भैसकेको अबस्थामा पुनह अर्को शिर्षकमा हरेक प्रदेश वाट ७ जना प्रतिष्ठित व्यक्ति भनिरहनु उपर्युक्त ठहर्दैन यस्ले झन प्रदेश खेलकुद परिषदमा बैमनस्यता उत्पन्न गराऊदछ दोहोरो सत्ता सन्चालन हुन जान्छ!!

    यसरी ४१ सदस्यिय खेलकुद परिषद लाई बाकि अरु शिर्षक हरुमा समेत हेरफेर गरी २१ देखि २५ सदस्य भयको समिति निर्माण गर्नु उपर्युक्त देखिन्छ !!!

    २- वोर्ड सदस्य नियुक्ति कोY सन्दर्भमा सबैको यौटै प्रवेश द्वार हुनु पर्दछ, उहि वोर्ड को सदस्य कोहि नेपाल सरकार बाट त कोहि खेलकुद परिषद को अध्यक्ष ले नियुक्ति हुने परम्पराले परिषद भित्रै वर्गियता जन्माउदछ!

    ३- हरेक वोर्ड सदस्य नियुक्ति मा न्युनतम कुनै न कुनै खेलकुद सॅग सम्बन्धित ठहर्ने नजिर अनिवार्य हुनु पर्दछ! ग़ैर खेलाडि आउने बाटो बन्द गर्नु पर्दछ!

    ४- परीषद को कार्यकारी निकायको काम गर्न सात जनाको कार्यकारी समिति रहने भन्ने व्यबस्था रहने वित्तिकै बाकि सदस्य हरु त नियुक्ति नहुदै वेकम्वा ठहरिसके——

    यसर्थ पुर्ण परिषद लाई नै सानो र चुस्त बनाई कार्यकारी समिति को रुपमा क्रियाशिल वनाउनु पर्दछ अैले जस्तो कतै झगडा पर्ला र उप समिति बने काम पाॅउला भनेर दिन कुर्ने स्थिति हुनुहुॅदैन वोर्ड सदस्य हरुको !

    हरेक बोर्ड सदस्य हरु लाई काम को विन्यास गरियको व्यबस्था हुनु पर्छ अन्यथा जति लाई काम पुग्ने हो उति कै परिषद वनाउनुपर्दछ !
    परिषद मान्छे लाई वेरोजगार वनाउने सॅस्था को रुपमा चित्रित हुनु हुॅदैन !

    ५- सदस्य सचिव को नियुक्ति को सन्दर्भमा फरक नियम ल्याउन खोजेको देखिन्छ त्यो आफैमा विवादित ठहर्छ, उ सॅगै को अरु वोर्ड सदस्य हरु डाईरेक्ट क्याविनेट वाट नियुक्ति हुने र उसले मन्त्रालयको सचिव सहित अद्रिश्य समिति लाई परिक्षा दिएर क्याविनेट पुग्नु पर्ने व्यबस्था उचित ठहर्दैन अझै न्युनतम स्नातक तह उत्रिण गरेको भन्ने वित्तिकै यो एेन खेलाडि नभै शिधै कर्मचारी लाई पक्षपोषण गर्ने एेन ठहर्छ!!
    स्नातक तह को ठाॅउमा खेल क्षेत्रलाई सम्बोधन गर्ने मापदण्ड राख्नु पर्दछ जस्ले गर्दा गैर खेलाडी हरु सदस्य सचिव हुने व्यबस्था को अन्य होस !

    सदस्य सचिव को पारिश्रमिक भन्ने एेन हटाउनु पर्दछ र यसलाई जागिर को रुपमा परिवर्तन गर्न खोजियको बुॅदा लाई पुर्ण राजनितिक नियुक्ति मै अडिक राख्नु पर्दछ!

    ६- ६० वर्ष पुरा भयका व्यक्ति सदस्य हुन नपाउने भन्ने रहेछ मन्त्रि स्वयम सोहि समिति को सदस्य (अध्यक्ष) हुने हुॅदा यो वुॅदा त्रुटि पुर्ण देखिन्छ अन्यथा अरु मन्त्रि जति वर्ष को भयपनि हुने खेलकुद मन्त्रि ६० वर्ष भन्दा कम उमेरको हुनु पर्ने ठहर्छ !

    ७- अन्तराष्ट्रिय खेल सन्दर्भमा परिषद हुॅदै मन्त्रालय को स्विकिर्ति लिनुपर्ने सन्दर्भ मा यौटा सामान्य खेलाडि लाई सिॅह दरवार भित्र छिर्ने अनुमति नै छैन भने वुझ्नुस आगामी दिन उसका लागी कति कष्टकर हुने हुन ????

    #नोट- यो एेन पचासौ वर्ष ग्रहण गर्नुपर्ने हुन्छ यसर्थ सधै खेलकुदमा राजनीति हावि भयो कर्मचारी तन्त्र हावि भयो भनेर चार हात उफ्रने हरु यो वेला मा सचेत हौ पछिको बकबक काम लाग्दैन !!!!
    #अागे_जो_मर्जि शिव कोईराला (ज्वाला)

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं