SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/९ गते
    १६५ पटक

    गोबिन्द रिजाल,कुश्मा।पर्वत जिल्लाको कुश्मा स्थीत बडागाउँ चौरको खेल मैदानमा ३७ औँ मगर दिवसको अवसरमा आयोजना गरिएको एतिहासिक प्रथम राष्ट्रिय मगर महोत्सब मेला यहि फाल्गुन ७ गते देखि शुरु भइ १५ गतेसम्म चल्नेछ। मगंलबार देखि पर्बतमा शुरु भएको एतिहासिक प्रथम राष्ट्रिय मगर महोत्सब मेलाको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको थियो। भने महोत्सबको आकर्षकको रुपमा रहेको सर्बाधिक राशीको पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता आज ९ गते बाट शुरुभएको छ।१२ टिम सहभागी भालिबल टिमको खेल लिगकम नाकआउट चरणमा खेलाईने छ।भने भलिबल खेलको उदघाटन आयोजक पुन क्लब पर्वतका अध्यक्ष कृष्ण पुनले गर्नु भएको थियो। आज बिहिबार भएको पहिलो खेलमा आयोजक पुन क्लब जलजला गा.पालिकासंग ३-० को सोझो सेट मा पराजित भयो भने दोश्रो खेलमा दुर्लुंग लाई पनि बाग्लुंग छन्त्याल टिमले ३-० को सोझो सेट मा पराजित गर्यो ।खेल बेस्ट अफ फाईप मा खेलाईएको थियो।

    भलिबल प्रतियोगितामा प्रथमलाई एक लाख २० हजार २ सय २२ र दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ पुरस्कार राशि रहेको छ ।पछिल्लो समय मगर साँस्कति तथा पहिचान लोप हुँदै जान थालेको भन्दै मगर संस्कृति तथा परिचान संरक्षण गर्न कला सँस्कृतिको संरक्षण र सम्र्वद्धन गर्न मगर महोत्सवको आयोजना गरिएको आयोजक पुन क्लब पर्वतका अध्यक्ष कृष्ण पुनले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।बिगत बर्षहरुमा दुर्लुङ्ग चोक स्थीत आफ्नै खेल मैदानमा आयोजना गरीने मगर महोत्सव यसपाली बृहत रुपमा बडागाउँ चौरको खेल मैदानमा आयोजना गर्न लागिएको हो ।महोत्सबमा अन्य विधाहरु राष्ट्रिय रुपमा ख्याती कमाएका कलाकारहरुको साथमा रमाइलो मेला, बाल उद्यान, लोक दोहोरी गित प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, सोरठी नाच प्रतियोगिता एवम् बिबिध कार्यक्रमहरु आयोजना हुनेछन् । भने महोत्सवमा १ सय ५० भन्दा बढी ब्यावसायीक स्टलहरु रहने छन् भने महोत्सबमा करिब २ लाख दर्शकले अबलोकन गर्ने आयोजकको अपेक्षा छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं