SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/७ गते
    १४१ पटक

    पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने वताएका छन् । मगंलबार देखि पर्बतमा शुरु भएको एतिहासिक प्रथम राष्ट्रिय मगर महोत्सब मेलाको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले यसते बताएका हुन । गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउन चालु आर्थिक बर्षमा घोषणा गरेका कार्यक्रमहरु समेत अगाडि बढीसकेको उनले बताए ।

    उनले अबको ५ बर्ष भित्रमा गण्डकी प्रदेशमा बिकासको लहर आउने बताउँदै जेठ भित्रनै आफुहरुले बजेट छुट्याएका योजनाहरु सक्ने गरी काम भएको बताए । उनले अहिलेको सरकारलाई कटाक्ष समेत गरेका छन् । अहिलेको सरकार बेखबर छ । दुई बर्षमा सकिने बहुबर्षिय योजनाहरु अलपत्र छन् । बजार भाउ बढेको छ । हामीमा ज्यादा भष्टचार हुदा देशले बिकासको गति लिन नसकेको समेत उनले बताए ।

    बिभिन्न क्षेत्रमा काम गर्दा दक्ष युबाहरु समेत पाउन मुस्कील भएको कुरालाई स्मरण गर्देै उनले गण्डकी प्रदेशले अहिले ६ हजार युबाहरुलाई ब्यवसायीक तालिम समेत दिन थालेको बताए ।

    बिभिन्न ठुला योजनाहरुमा ढुक्क भएर लगानि गर्न निजी क्षेत्रलाई उनले सुझाब समेत दिएका छन् । स्रोतसाधनको उपलब्धता, सरकारले लिएको लक्ष्य पुरा गर्न नीजि क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाई थिया े। नीजि क्षेत्रको लगानीको सुरक्षा, आवश्यक नीति बनाउने उनले प्रतिबद्धता समेत जनाए।

    विकास गर्ने सरकारले,मुख्यमन्त्रीले नभएर नीजि क्षेत्रले रहेको बताउँदै निजी क्षेत्रलाई लगानी गर्न उनले आग्रह समेत गरेका छन् । लगानीको वातावरण लगानीको सुरक्षा सरकारले गर्ने बताउँदै प्रदेशमा हुने ठूला योजनाहरुमा गण्डकी प्रदेशका लगानीकर्तालाई पहिलो प्राथमिकता दिनेमा उनले जोड दिएका थिए । कार्यक्रममा प्रतिनिधी सभाका अध्यक्ष पदम गिरीले सरकारले ५ बर्ष भित्रमा बिकासको लहर ल्याउने गरी काम गरेको बताउँदै त्यसमा सबैको साथ र सहयोृग अपरिहार्य रहेको बताएका थिए । कार्यक्रम पुन क्लबका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । आजदेखि शुरु महोत्सब फागुन १५ गते सम्म सञ्चालन हुदैछ । महोत्सबमा करिब २ लाख दर्शकले अबलोकन गर्ने आयोजकाे अपेक्षा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं