SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/७ गते
    ४९ पटक

    एजेन्सी ।थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ । पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो ।टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै एक सय २६ रनको स्कोर खडा गरेको थियो । प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ४० बलको सामना गरेकी उनले २ चौका प्रहार गरेकी थिइन् । उनले पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ४६ रनको साझेदारी गर्दै नेपाललाई बलियो प्लेटर्फम बनाउन सफल भइन् । काजलले २९ बलमा ३ चौकासहित १६ रन बनाएर आउट भइन् ।मध्यक्रममा आएकी कप्तान रुबिना चौधरीले आक्रामक पारी खेल्दै २५ बलमा अविजित ३३ रन बनाउँदै नेपालको इनिङ उकासिन् ।

    उनको इनिङमा पनि ३ चौका सामेल थिए । यसैगरी इन्दु बर्माले १४ बलमा १३ रन बनाइन् । भेट्रान नेरी थापा १३ बलमा ६ रन बनाएर रनआउट भइन् ।मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १-१ विकेट बाँडेका थिए । यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २-२ विकेट बाँडेका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १-१ विकेट बाँडे ।मलेसियाका लागि क्रिस्टिना बारेले सर्वाधिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं