SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/५ गते
    ७३ पटक

    सचिन्द्र श्रेष्ठ, दुबई,  आर्थिक तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट कोही पनि बालबालिका बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति नआओस यो भाबलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तर का बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ‘शिक्षाका लागि यात्रा'(Walk for Education) नामक कार्यक्रम आज दुबईमा सम्पन्न गरेको छ।

    यस परोपकारी कार्यका लागि नेपाली समुदाय यूएईले पनि बिगतका बर्षहरूमा जस्तो ऐक्यबद्दता जनाउदै यो वर्ष पनि १५ फेब्रुअरी २०१९ (15 February 2019)शुक्रवारका दिन क्रिक पार्क(Creek park) मा नेपाली समुदाय यूएई र दुबई केयरले गर्ने उक्त परोपकारी कार्यक्रममा कुनै पार्टी ,जात जाती,लिङ्ग भन्दा विशुद्द नेपालीको राष्ट्रीय पहिचानका साथ उलेख्य सहभागिता जनाएको छ।

    देश तथा बिदेसी संघ सस्था ,कंपनीका करीब १५००० जना मानिसहरुको उल्लेखिय सहभागी रहेको उक्त कार्यक्रममा ३ किलो मिटर पैदल हिडेर कार्यक्रम गरिएको थियो । नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले भन्नु भयो ‘थोपा थोपा मिलेर सागर बने जस्तो हरेक नेपालीको सहभागिता, सहयोगले अरु देशको तुलनामा फरक देखिनुका साथै एक आपसमा भाईचारा ,बन्धुत्व,सदभाव रही रहने छ ।’
    ‘ हरेक नेपालीले यस्तो सामाजिक कार्यक्रममा अग्रसर रहन अहिले अति आवश्यक रहेको जसका कारण नेपाली पहिचान बिदेसी भूमिमा देखाउन सहज हुने राउतले बताउनु भयो।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं