SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/५ गते
    १३१ पटक

    शिला पाण्डे, पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा रत्यौलीको रौनक बढेको छ । विभिन्न महिला तथा आमा समुहहरुले रत्यौली प्रतियोगितामा भाग लिइरहेका छन् । लोक संस्कृतिको जर्गेनाको लागि रत्यौली प्रतियोगिताको आयोजना गरेको रेडियो दिदीबहिनी कि अध्यक्ष एवं पूर्व सांसद कल्पना चापागाइले बताइन ।

    उनका अनुसार रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

    त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ । प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् । डान्स आइडलको लागि एक नृत्यलाई प्रथामिकता दिइएको छ ।

    साथै महोत्सवमा दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोकी अध्यक्ष चापागाइले सहारापाटीलाई बताइन् । उनका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बशन्त थापा, प्रकास सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ । दश दिनसम्म संचालन हुने महिला महोत्सवमा ६० लाखको कारोबार हुने पूर्व सांसद चापागाईले बताइन् । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु रहेका छन् ।

    महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकटमा निशुल्क गरिएको छ । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट रहेको छ । २०६६ साल फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।
    भिडियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं