SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/११/३ गते
    १०३ पटक

    – सङ्कल्प
    अग्रगामी चेतनाको संवाहक मानिने आफ्नो राजनीतिक दलको बिचारप्रती आस्थावान विद्यार्थी संगठन/भातृसंगठनहरुको पछिल्लो समयमा बढ्दो गतिहीनता र बिचारशून्यताले विद्यार्थी आन्दोलनको औचित्य र चरित्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ । २००४ सालमा `जयतु संस्कृतम्´ आन्दोलन, ०१७ को फौजिकाण्डपछिको विद्यार्थी आन्दोलन,पञ्चायतकालिन निरंकुशता बिरुद्द ०३६/०४६ मा विद्यार्थीको भुमिका,१० बर्शे सशस्त्र जन-बिद्रोहमा संगठित विद्यार्थीको आक्रोश, हुँदै माघ १९ पछि विद्यार्थीले सडकमा लगाएका गणतन्त्रका नाराले विकसित विद्यार्थी आन्दोलन आज केवल सत्ताको भर्याङ्ग जस्ता बनेका छन् ।

    बिश्वपरिवेशमा विकसित सामाजिक,राजनीतिक घटनाक्रमले परिवर्तित शिक्षाको उद्देश्य,संरचना,आवश्यकता-माग, उत्पादित जनशक्ति र हाम्रो माटो अनुकुल हामी छौ या छैनौ ? बहस/संवाद/अन्तर संघर्ष गर्नुपर्ने बेला स्पस्ट शैक्षिक रणनीति नभएका विद्यार्थी संगठन भित्रका केहि अवसरवादी नेतृत्वकर्ताहरु माउपार्टीको पिछलग्गु बनी आफ्नो राजनीतिक क्षेत्र र हैसियत के हो भुलिसकेको तितो यथार्थ हामीसँग छ । अचेल हामी विद्यार्थी संगठनका नेतृत्वलाई सरुवा/बढुवा/ठेक्का-पट्टाका फाइल बोकेर मन्त्रालय ओहोर दोहोर गर्दैमा फुर्सद छैन्, अझै कोहि भने तोडफोड र आगजनीमा ब्यस्त छन् ! बिचरा अब विद्यार्थी हकहित र शैक्षिक मुद्दामा कस्ले बहस गर्दियोस् ! अवसरको खोजीमा `नो अब्जेक्सन् लेटर´ बोकेर बर्सेनि बढ्दो अष्ट्रेलिया,युरोप,जापान ,…,पलायन हुने शैक्षिक जनशक्ति कस्ले देशमै रोक्दियोस् ?

    हामी संगठनको संस्थागत मुद्दामा नभई ब्याक्तिगत लाभ-हानीको हिसाबकिताब गरेर पार्टी र अझ पार्टीको गुटगत राजनीतिमा सघाउँदै छौ । आफू निर्देशित विचार, विश्व-दृष्टिकोण र परिवर्तित बाताबरणसँग बेखवर या बेमतलवी छौ तर ब्याक्तिगत स्वर्थका लागि पार्टीका नेता तथा माननीयहरु रिझाउन भक्तिमण्डली ,देवत्वकरण अनि आरोप-प्रत्यारोपणको आत्मरतिमा हामी/हाम्रा संगठनहरु चुर्लुम्म डुबेका छौ । ( जो दिनहु सामाजिक सञ्जालमा देखिन्छ,जुन हामीमा घट्दै गएको रचनात्मक चेतको उपज हो अनि देशको भविष्यको निम्ती दुर्भाग्य पनि ! )
    हुनत; विद्यार्थी आन्दोलनलाई केवल सत्ता राजनितीको मातहतमा राख्न खोज्ने,राजनीतिक दल र ब्याक्तिका स्वार्थका झोला मात्र बोकाउने,विद्यार्थी आन्दोलनमा भन्दा माउपार्टी प्रति बफादार बन्नुपर्ने र कतिपय अवस्थामा आफ्ना निहित स्वार्थपूर्तिका निम्ति विद्यार्थी आन्दोलनको गौरवमय परम्परा बिर्सिदिने पार्टीपद्धति नौलो भने होइन, जसकारण आफ्नो संगठनसँगै पार्टिगत र भविष्यको राष्ट्रिय राजनितीमै महत्त्वपूर्ण बिचार बोक्न सक्ने एउटा नेतृत्वदायी शक्ति केवल आफ्नो निजी जिवनको राजनितिमा मात्र खुम्चिन बाध्य हुनुपर्ने बिडम्बना छ भने अर्कोतिर बैचारिक दृष्टिकोणप्रती दृढ, निजि लोलुप्तामा नभैं संगठनन र आन्दोलनप्रति समर्पित,रचनात्मक/आलोचनात्मक चेतयुक्त शशक्त युवा नेतृत्वको अभावमा भावी विद्यार्थी आन्दोलनको भविष्य नै संकटमा देखिन्छ ।

    अबको विद्यार्थी आन्दोलन –
    अनेक आरोह-अवरोहसँगै विकसित विद्यार्थी आन्दोलनको औचित्यमाथी आज प्रश्न उठ्नु आफैमा सोचनिय बिषय छ । हिजो परिवर्तनको खातिर अग्र मोर्चामा उभिएर आन्दोलन हाँक्ने विद्यार्थी शक्ति आज आफ्नै कारणले दिनानुदिन जिर्ण बन्दै गएको छ । अबको विद्यार्थी आन्दोलन कुन दिशामा अगाडी बढाउने ? एकातिर संविधानले आफुलाइ समाजवाद उन्मुख राष्ट्रको रुपमा चिनाएको छ, अर्कोतिर देशमा शिक्षा क्षेत्रको ब्यापारीकरणले निजि र सरकारी शिक्षा प्रणाली बिचको बर्गियतालाई थप तिखार्ने काम गरेको छ !

    हाम्रो उत्पादित शैक्षिक जनशक्ति श्रम र राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सकिएको छैन । सिमित सैद्धान्तिक घेराभित्र बाँधिएको शिक्षा ब्याक्तिको जिवनसँग मेल खादैन अर्थात हाम्रो शिक्षाको अधिकांश भाग आफ्नो समाज र जीवनबारे कम अनि अरु समाज र अरुको जिवनबारे बढी केन्द्रीत छ । हामीसँग आफै आफ्नो समाजबारे सरोकार राख्ने नभई दातृ राष्ट्रको आवस्यकता र सिफारिसको छाँयामा पाठ्यक्रम र पठनपाठ तौरतरिका तयार पारिएको छ जसकारण प्रतिभा पलायन ( brain drain ) को समस्या बर्सेनि थप चुनौती बन्दै छ ।

    अझ विद्यार्थी र स्वयं शिक्षकहरु पाठ्यपुस्तकमा छापिएको भन्दा बाहिरी ज्ञानबारे अनबिज्ञ रहनु, विद्यार्थीका प्रतिभा, भावना,बिचार ,तर्क,अनुभव पनि बैध र मान्य हुन्छन् भन्ने अनुभुति दिन नसकिनु , प्रश्नको उत्तर दिन सक्ने तर उत्तरमाथी प्रश्न गर्न नसक्ने, सिर्जनशील-आलोचनात्मक चेतनाको अभाव भएको विद्यार्थी उत्पादित हुनु हाम्रो शिक्षा प्रणालीका थप चुनौती हुन् । ब्यावहारिक ज्ञानभन्दा सर्टिफिकेटधारी जागीरे या गुलामी मानसिकताका जत्था उत्पादन गर्न बिश्वबिद्धालयहरु तछाड-मछाड गर्दै छन्, फलतः आज देश शैक्षिक बेरोजगारहरु उत्पादन गर्ने कारखाना बनेको छ । बिचरा देशबाट पलायनको बाटो रोज्न हाम्रो शैक्षिक जनशक्ति बाध्य छ ।

    अब आजको दिनमा यी र यि जस्ता शैक्षिक क्षेत्रमा देखिएका तमाम चुनौतीविरुद्ध हामी र हाम्रा विद्यार्थी संगठन के कस्तो पहलकदमी लिएका छन् त ? यथाअवस्थामा चलिरहेकै शिक्षा प्रणाली र समग्र विद्यार्थी संगठनका एजेन्डा र सो अनुसारका कार्यशैलीले भोलिको पुस्तालाई समाजवादी शिक्षाको आभास गराउला त ? विद्यार्थी संगठनहरु बहसमा ओर्लिने कि अझै पनि पार्टी नेतृत्वको अह्रौटे बनिबस्ने ?
    -कुश्मा,पर्वत

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं