SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१०/१५ गते
    ११९ पटक

    काठमाडौं, । हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्नेे बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् । सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ प्रक्रिया अघि बढाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ ।

    गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् । ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगाना पोर्चुगल पुगिसकेको प्रहरीले बतायो । उनलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी गरिएको छ । अनियमित तरिकाले प्रवाह भएकोमध्ये एउटा कर्जा उनको नाममा जारी भएको थियो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    श्रेष्ठले आफन्तहरूलाई नै फसाएका छन् । उनीसहित प्रहरीले ऋणीहरू बालकृष्ण श्रेष्ठ, नवीन श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठलाई पक्राउ गरेको हो । बालकृष्ण काभ्रेको भुम्लु गाउँपालिकाका वडा सदस्य समेत हुन् । त्यस्तै, बैंकका शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ र धितो मूल्यांकनकर्ता नरेशमान अमात्यसमेत पक्राउ परेका छन् । ऋणीहरू कृष्णबहादुर खत्री, विजयबहादुर श्रेष्ठ, डाँकबहादुर श्रेष्ठ, दुवालाल श्रेष्ठ, सम्झना श्रेष्ठ र लोकबहादुर श्रेष्ठ फरार छन् । उनीहरू सबै नारायण श्रेष्ठका आफन्त हुन् ।

    त्यसरी निकालिएको पैसामध्ये धेरै नारायण श्रेष्ठले लिएका थिए । आफन्तलाई केही खर्च दिएर हस्ताक्षर गर्न लगाइएको उनीहरूले बताएका छन् । पक्राउ परेका श्रेष्ठले पनि धेरै पैसा आफैँले लिएको स्वीकार गरेका छन् । ०७२ मा भूकम्पमा आफ्ना तीन कन्टेनर पहिरोमा पुरिएपछि आर्थिक समस्यामा फसेको र कर्जा तिर्न नसकेको उनले बताएका छन् ।

    घटनामा यातायात व्यवस्था कार्यालयका केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । उनीहरूले गाडी दर्ता नै नभई ब्लुबुकहरू दिएका थिए । त्यसरी ब्लुबुक दिने कर्मचारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पाँच जना यातायातका कर्मचारीहरूमाथि अनुसन्धान जारी रहेको सिआईबीका अधिकारीले जनाएका छन् ।अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको सिआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनीहरूविरुद्ध सरकारी छाप, दस्तखत कीर्ते मुद्दा पनि दायर हुने भएको छ ।

    ०७१ र ०७२ मा देवः विकास बैंकबाट १६ वटा कर्जा प्रवाह भएका थिए । १७ गाडी र एउटा जग्गाका आधारमा दुई करोड ७८ लाख कर्जा प्रवाह गरिएको थियो । कर्जा कन्टेनर व्यवसायी नारायण श्रेष्ठलाई चाहिएको थियो । व्यापार गर्न पैसा नभएको र बैंकमा ऋण लिन धितो पनि नभएपछि उनी समस्यामा थिए । साथी केदार ढुंगानाको सहयोगमा ‘कागजी गाडी’ र नक्कली ब्लुबुक बनाएर मनलाग्दी ऋणीहरूको फोटो टाँसेर नम्बरहरू राखे । बैंकमा पनि उनीहरूले सेटिङ मिलाएका थिए । गाडी र जग्गाको धितो मूल्यांकन गरी कर्जा प्रवाह भयो । सबै गाडीको ब्लुबुक बैंकमा बुझाइसकेका थिए । त्यसकारण बैंकले सोही आधारमा कर्जा प्रवाह गर्‍यो ।

    तर, कर्जा प्रवाह गर्नुअघि ती गाडी यातायात व्यवस्था कार्यालयमा रोक्का राख्नुपर्नेमा त्यो भएन । रोक्काका लागि यातायातमा पत्र गयो, तर रोक्का भए–नभएको यकिन गरिएन । सोही समूहले गाडी रोक्का राखेको भनेर पत्रमा छाप हानेर पठाइदिएको बैंकका कर्मचारीको भनाइ छ । बैंकका शाखा प्रबन्धक सरिन श्रेष्ठ रहेको शाखाबाट कर्जा प्रवाह भएकाले उनको मिलेमतो भएको प्रहरी बताउँछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं