SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/२६ गते
    १३२ पटक

    काठमाडौं – जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताउनुभएको छ । नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि नेपाल आउने भन्दै चैतदेखि नेपाली कामदार जान पाउने बताउनुभएको हो ।

    जापानले कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपालीसहित चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने बताएको छ । जापानले विदेशी कामदारले गर्नुपर्ने कामका लागि १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिएको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार एक सय ५० कामदारलाई जापान लैजाने नीति छ । यसमध्ये नेपाललाई कति संख्यामा कोटा दिने भन्ने टुंगो लागेको छैन । यसको टुङ्गो पनि प्राविधिक टोली आएपछि लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालययले जनाएको छ ।

    जापान सरकारको नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्ने छ । सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । जापानको नयाँ नीतिअनुसार १८ वर्षभन्दा माथिका कामदारहरू रोजगारीका लागि योग्य हुने छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं