SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/२४ गते
    १५३ पटक

    काठमाडौं, । राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन सुरु गरेको छ । सरकारी स्वामित्वको यस बैंकले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भएको सहुलियत कर्जा कार्यक्रमलाई अभियानको रूपमा लैजाने बताएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

    सरकारले घोषणा गरेका उद्यमशीलता विकास कार्यक्रममा सरकारले पाँच प्रतिशत बिन्दुले ब्याज अनुदान दिन्छ । यस्तो कर्जा सबै वाणिज्य बैंकबाट प्राप्त गर्न सकिने भए पनि राष्ट्रिय वाणिज्य बैंकबाट सबैभन्दा सस्तोमा प्राप्त गर्न सकिन्छ ।

    राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशत छ । बैंकहरूले यस्ता उत्पादनशील कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत बिन्दुले थपेर ब्याजदर तय गर्छन् । सरकारले पाँच प्रतिशत बिन्दुले ब्याजदर अनुदान दिने भएकाले राष्ट्रिय वाणिज्य बैंकबाट ३.३३ प्रतिशतमा तोकिएका शीर्षकमा सहुलियत कर्जा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए ।

    सहुलियत कर्जा सुरुवात कार्यक्रममा बैंकका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा दुई जनालाई सहुलियत कर्जा दिइएको छ । कार्यक्रम शुभारम्भको क्रममा बैंकका अध्यक्षसमेत रहेका सचिव गुरुङले सहुलियत कर्जा कार्यक्रमले उद्यम गर्न चाहने, नवीन सोच भएका युवाका लागि अवसर भएको बताए । ‘उद्यमशीलता विकासमार्फत अर्थतन्त्रमा रूपान्तरणका लागि सरकारले कार्यक्रम ल्याएको उनको भनाइ थियो ।

    पहिलो सहुलियत कर्जा काठमाडौं नैकापमा भीमप्रसाद अधिकारी र एक्मी इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययनरत छात्रा रजनी हायूलाई प्रदान गरिएको छ । अधिकारीले सात लाख रुपैयाँको शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका हुन् । उनले क्याटरिङ व्यवसाय सञ्चालन गर्न ऋण लिएका थिए । त्यस्तै, लोपोन्मुख जातिकी छात्रा हायूलाई इन्जिनियरिङलाई पाँच लाख रुपैयाँको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिइएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं