SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/२० गते
    १६२ पटक

    बूढा पाकाहरूले जीवनका बारेमा भनेका कतिपय कुराहरू वैज्ञानिक छन्। तर पछिल्लो समयमा मानिसहरू बूढा पाकाले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरूलाई वास्ता नै गर्दैनन्। यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन बिहानमा उठ्ने बित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ। बिहान उठ्ने बित्तिकै गर्नै नहुने ५ कामः

    १. सहवास नगर्नुस्
    बिहान उठ्ने बित्तिकै सहवास गर्नु राम्रो मानिँदैन। बिहानको सहवासमा शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिने शास्त्रीय मान्यता छ। सके सम्म बिहानमा सम्भोग गर्नु हुँदैन।

    २. ऐना नहेर्नुस्
    बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ। र मानिसको अनुहारमा आलस्य झल्किन्छ। बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ। त्यसकारण उठ्ने बित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस्। ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस्।

    ३. बाँदरको नाम नलिनुस्
    बिहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरू। बिहानै बाँदरको नाम लिँदा दिनमा खाना खान ठोस्या हुने उनीहरूको भनाइ छ। बिहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस्।

    ४. तेलको भाँडो र सियो धागो नहेर्नुस्
    बिहान उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस्। यी २ बस्तु उठ्ने बित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धिमानी हुन्छ।

    ५. घर फोहोर नराख्नुस्
    उठ्ने बित्तिकै फोहोर सफा गरिहाल्नुस्। बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ। बिहान उठ्ने बित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ। सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं