SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/१८ गते
    २५५ पटक

    सन् २०१९ शुरु हुँदै गर्दा २०१८ हरेक राशिको लागि कस्तो रहला भन्ने जिज्ञाशा हुन सक्छ। नयाँ साल नयाँ तरिकाबाट व्यतित गर्ने र धेरै सफलता हाँसिल गर्ने धेरैको लक्षय रहने गर्छ। २०१९ सबै भन्दा कुन राशिको लागि शुभ रहला हेर्नुहोस्।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    मेष राशि हुनेहरुलाई २०१९ मा केहि नयाँ कुरा सिक्ने मौका मिल्न सक्ला। प्रतियोगितामा सफलता हाँसिल गर्नको लागि अधिक मिहिनेत गर्नु पर्नेछ। केहि वर्ष देखि गर्छु भनेर सोचेको काम २०१९ मा सफल हुन सक्ला। तर २०१९ मा व्यर्थ झगडा नहोस् भन्नको लागि आफ्नो बोलि र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ। स्वास्थ्य मध्यम हुने भएत़ा पनि खान-पान र रहन-सहनमा ध्यान दिनु पर्ला ।करियरको विषयमा: नयाँ जागिरको सम्भावना रहन सक्ला, जागिर र व्यवसायको शिलशिलामा वैदेशिक यात्रा हुनेछ । प्रेममा धोका दिने कुचेष्टा नगरेकै उचित हुनेछ ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    परिवारसँगको सम्बन्ध २०१९ मा सामान्य रहनेछ। तर सामाजिक सम्बन्धमा भने केहि असहजताको स्थिति हुन सक्ला। नेतृत्वदायी भूमिका निभाउने समयमा मित्रजनको सहयोग लिएको उचित हुन सक्ला। २०१९ मा असाधारण अवसर प्राप्त हुने भएता पनि समयमानै अवसरको सदुपयोग गर्ने प्रयास गर्नु होला। शारीरिक र मानसिक रूपबाट पूरै वर्ष स्वस्थ रहिनेछ। पदोन्नतीको योग रहन सक्ला, जागिर क्षेत्र परिवर्तन हुने सम्भावना पनि देखिन्छ। प्रेम जीवन सामान्य हुनेछ, पति-पत्नी बीचको सम्बन्ध गहिरो हुन सक्ला ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    २०१९ मा मिथुन राशि हुने विद्यार्थिहरुमा एकाग्रताको कमि हुन सक्ला। अध्ययन र कलाको क्षेत्रमा खासै प्रगति नहुने देखिन्छ। निर्धारित लक्ष्य प्राप्त गर्नको लागि आत्मविश्वास भने उच्च राख्न आवश्यक हुने देखिन्छ। पारिवारिक जीवनको दृष्टिकोणबाट २०१९ मिश्रित हुने देखिन्छ। प्रशासनसँग जोडिएका कार्यमा अधिक समय खर्च हुनेछ। सालको शुरुवातमा स्वास्थ्य राम्रै हुनेछ तर सालको अन्तिम तिर भने स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ला।जागिर गर्नेहरुको तलब वृद्धि हुन सक्ला, वर्षको अन्त्यमा पदोन्नति हुनेछ, व्यवसायमा भने खासै प्रगति नदेखिनेछ। सालको शुरुवातमा प्रेमजीवन कष्टकर हुनसक्ला, सालको मध्यम पछि भने सम्बन्धमा सुधार हुनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    २०१९ सालभर अनावश्यक खर्चले सताउन सक्ला। विश्वासपूर्ण आक्रामक व्यक्तित्वको कारण समाजमा छुट्टै छाप बस्ने छ। जागिरमा खासै प्रगति नभएता पनि व्यवसायमा भने उल्लेख्य परिवर्तन र लाभ मिल्नेछ। कानुनी रुपमा पनि २०१९ धेरै शुभ रहनेछ। वर्षको अन्तिममा वैदेशिक यात्राको सम्भावना देखिन्छ। धेरै लामो समय देखि रहेको स्वास्थ्य समस्या २०१९ मा निर्मुल हुन सक्ला, मानसिक स्वास्थ्यको हिसावले २०१९ शुखद हुनेछ। पहिला गरिरहेको जागिरबाट खासै लाभ नमिल्ने हुँदा नयाँ जागिर खोजेमा लाभ मिल्नेछ। व्यवसायमा भने परिवारको सहयोग मिल्न सक्ला। प्रेम प्रसंगले वर्षभर तनाव पैदा गर्न सक्ला। तर पारिवारिक प्रेम र सहयोग भने उल्लेख्य रुपमा मिल्नेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )
    २०१९ मा छोटो-दूरीका यात्रा सफल हुने भएता पनि लामो-दूरीको यात्राले भने खासै लाभ नदिलाउने देखिन्छ। नयाँ-नयाँ अवसर प्राप्त भएता पनि पारिवारिक तनावको कारण अवसरको उपयोग नहुने देखिन्छ। व्यवसायमा परिवारले सहयोग गरेमा मात्रै राम्रो लाभ मिल्न सक्ला। २०१९ मा संचित रकम खर्च हुने सम्भावना देखिन्छ। यस वर्ष स्वास्थ्यलाई लिएर सतर्क रहनु पर्ने देखिन्छ, स्वास्थ्यको ध्यान नदिँदा २०१९ को मध्य तिर धेरै दुख मिल्न सक्ला। नयाँ जागिरको सम्भावना देखिन्छ, नयाँ कार्य थालनीको सम्भावना भने कमै देखिन्छ। विवाहको लागि समय आउन सक्ला, प्रेम सम्बन्ध सफल हुनेछ भने प्रेमीसँग विदेश यात्राको सम्भावना देखिन्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    यो वर्ष विद्यार्थीहरूको लागि मध्यम रहनेछ। व्यापारमा वर्ष राम्रै भएता पनि २०१९ को अन्तिम तीन महिना भने खासै राम्रो नहुने देखिन्छ। वर्षभर गरेको कमाइ यी तीन महिनामा खर्च हुन सक्ला। चुनौतीपूर्ण तरिकाबाट मात्रै सफलता मिल्न सक्ला। सामाजिक रुपमा भने मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य जुलाई देखि सेप्टेम्बरको खासै राम्रो नहोला, अरु महिनामा भने स्वास्थ्यले साथ दिनेछ। जागिरमा असफलता मात्रै मिल्नेछ, अध्ययनमा खासै प्रगति नहुन सक्ला, व्यवसायमा भने वर्ष मध्यम हुनेछ। प्रे म जीवन र पारिवारिक जीवन वर्षभर राम्रै हुने भएता पनि वर्षको शुरुमा भने संयम रहनु होला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    २०१९ व्यवसाय गर्नेहरुको लागि मात्र नभई जागिर गर्नेहरुको लागि पनि धेरै राम्रो हुनेछ। वर्षभरिनै आर्थिक रुपबाट कुनै समस्या नहोला। वैदेशिक यात्राको सम्भावना पनि देखिन्छ। नयाँ सम्बन्ध कायम गर्न र व्यवसायमा नयाँ साझेदारी हुने सम्भावना पनि देखिन्छ। राजनीतिक रुपमा पनि यस वर्ष धेरै शुभ हुन सक्ला। रक्त चाप र मुटु सम्बन्धि बिरामीहरुले यस वर्ष सावधान रहनु पर्ला। जागिर गर्न तयार हुनेहरुलाई चाहेको जस्तो जागिर मिल्नेछ। वर्षको शुरुमा प्रेम सम्बन्ध धरापमा पर्न सक्ने हुँदा संयम रहनु उचित हुनेछ, पारिवारिक सम्बन्ध भने वर्षभर राम्रै हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    २०१९ मा आफ्नो नयाँ विचार लागू गर्नको लागि धेरै उचित हुनेछ। यात्रा सफल हुने देखिन्छ भने जागिरमा पनि आफ्नो उपस्थिथिको महत्व बढाउन सफल भैएला। नयाँ सम्बन्ध र साझेदारीमा पनि धेरै ध्यान दिनु पर्ला। यस वर्ष स्थिरता छाउने भएता पनि शत्रु देखि भने धेरै सावधान रहनु पर्ने देखिन्छ। बोलीमा पनि नियन्त्रण राखेमा उचित हुन सक्ला। स्वास्थ्यको हिसावले वर्ष एकदम चुस्त-दुरुस्त रहन सक्ला। तर मानसिकमा भने आफूलाई बलियो बनाउन पर्नेछ। जागिरको क्षेत्रमा राम्रै सफलता मिल्नेछ तर पदोन्नतिको सम्भावना भने देखिदैन। प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा परिवर्तन गर्नको लागि यस वर्ष खासै शुभ छैन, प्रेमीसँगको सम्बन्धलाई स्थिर राख्नु होला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )
    २०१९ मा आर्थिक कार्यमा उतार-चढाव हुने देखिन्छ। धेरै लगानी हुने कार्यको थालनी नगरेकै उचित हुन सक्ला। शेयर बजारमा लगानी गर्नको लागि यस वर्ष खासै शुभ हुने छैन। यस्तै २०१९ मा घर-जग्गा सम्बन्धि कार्यमा पनि खासै लाभ नहुने देखिन्छ। लक्ष्य-प्राप्तिको दृण इच्छाको कारण वर्षको अन्तिम तिर भने धेरै लाभ मिल्नेछ। स्वास्थ्य खासै ठूलो समस्या देखा नपर्ने भएता पनि साना-तिना समस्याले भने वर्षैभर सताउनेछ। जागिर परिवर्तनको लागि खासै शुभ छैन, कुनै पनि ठूलो काम शुरु नगरेकै उचित हुनेछ। प्रेम जीवनमा अरुको कारण दखल पुग्ने देखिन्छ। परिवार र प्रेमीको विषयमा अरुले भ्रम शिर्जना गर्न खोज्लान्।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    झगाडालू स्वभावको कारण २०१९ मा खासै प्रगति नहुने देखिन्छ। आफ्नो व्यवहारको कारण मित्र पनि शत्रुमा परिवर्तन हुनेछन्। यात्राको लागि २०१९ शुभ हुनेछ भने जागिरको शिलशिलामा पनि समय राम्रै हुने छ। व्यवसायमा भने परिवारको सहयोग बिना लाभ नमिल्ने देखिन्छ। आफ्नै कारण समस्याहरु बढ्नेछन्। वर्षको अन्तिममा हरेक समस्या देखि छुटकारा मिल्नेछ। नयाँ सम्बन्ध पनि सालको अन्त्यमा स्थापित हुनेछन्। थकान र आलस्य प्रगतिमा रुकावट पैदा गर्न सक्ला। अन्य गम्भीर समस्याले भने नसताउने देखिन्छ। जागिरमा पदोन्नती मिल्नेछ भने जागिरको कारण राम्रै आर्थिक प्रगति हुनेछ, आफ्नो करियरको लागि ऋण पनि मिल्न सक्ला। प्रेम सम्बन्धले नयाँ रुप लिनेछ भने प्रेमीबाट वर्षभर साथ र सहयोग मिल्नेछ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    आर्थिक रुपले २०१९ मिश्रित हुने देखिन्छ। आर्थिक रुपमा खासै प्रगति नहुने देखिन्छ। साथै कुनै पनि आर्थिक समस्याले भने सताउने देखिँदैन। आशावादी विचारधाराको कारण जागिरमा प्रगति हुनेछ। आफ्नो क्षमताको कारण धेरैलाई प्रभावित बनाउन २०१९ मा सफल भइएला। टाढिएकाहरुसँग पनि यस वर्ष सम्बन्ध सुधार हुनेछ। अड्किएका सरकारी काम सफल हुन सक्ला। स्वास्थ्यको विषयमा :स्वास्थ्य वर्ष भरीनै राम्रै हुनेछ। मानसिक रुपमा पनि वर्ष स्वस्थ देखिन्छ। तर चिसो देखि भने संयम रहनु पर्नेछ। शेयर बजारको क्षेत्रमा आफ्नो करियर स्थापित गर्ने मौका मिल्नेछ, अध्ययनमा पनि प्रगतिनै हुनेछ। यस वर्ष पति-पत्नी बीच प्रेम बढेर जाने देखिन्छ, प्रेमीबाट भने आर्थिक रुपमा समस्या मिल्नेछ। तर प्रेमीबाट अन्य सहयोग प्राप्त हुनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    नयाँ वर्ष २०१९ को शुरुवातमै राम्रो आर्थिक लाभको सम्भावना देखिन्छ। खर्च टार्न खासै गार्हो नपर्न सक्ला। डुबेको धन समेत उठ्नाले आर्थिक रुपमा वर्ष धेरै राम्रो बित्नेछ। उच्च श्रोतसँग पनि आफ्नो सम्बन्ध विस्तार हुँदा २०१९ मा हरेक क्षेत्रमा फाइदा मिल्नेछ। सोचेको हरेक काम सफलताका साथ सम्पन्न हुनेछ। घर-जग्गा जोड्ने अवसर पनि २०१९ मा मिल्ने देखिन्छ। मौसमी रोगहरुले यस वर्षभरीनै नछोड्ने देखिन्छ, गम्भीर रोग देखि भने यस वर्ष डराउनु पर्ने देखिँदैन। खान-पानमा नियन्त्रण राख्नु होला। व्यापार-व्यवसाय र नोकरी आदिमा राम्रै प्रगति हुनेछ। अध्ययनको कारण समाजमा सम्मान पनि मिल्न सक्ला। वैवाहिक जीवनमा सुखद परिणाम मिल्नेछ, व्यवसायमा प्रेमीबाट आर्थिक सहयोग समेत प्राप्त हुनेछ। पुर्बेली न्युज

    भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं