SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/१७ गते
    १२० पटक

    जीवन रक्षा कोषलाई उल्लेखनिय योगदान पु¥याएको भन्दै पौडेल सम्मानित । निर्मल पौडेल  पर्वत ।
    वलेवा सामुदायिक वहुद्देश्यिय सहकारी संंस्था लिमिटेड वाग्लुङ नगरपालिका १३ पैयुँपाटाको १५ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । आइतवार सहकारीको प्राङगणमा एक कार्यम विच अधिवेसन सम्पन्न भएको हो । अधिवेसनले उमानाथ शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती गठन समेत गरेको छ । एकजना सदस्य पछि थप गर्नेगरी कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा महेन्द्र जि.सी.,कोषाध्यक्षमा प्रकाश सुवेदी रखाल, सचिवमा टेक वहादुर रोका,सहसचिवमा मिना रेग्मि चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ,नरसिङ वहादुर खत्रि विष्णु रेग्मि श्रीकृष्ण पाठक ,गंगादेवी उपाध्या विना क्षेत्री रहेका छन् । अधिवेशनमा विभिन्न व्याक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।

    सथामा सहकारीले स्थापना गरेको जीवन रक्षाकोषमा निरन्तर आर्थिक सहयोग गरेको भन्दै वा.न.पा.१३ पैयुँपाटाका युवा समाजसेवी वासुदेव पौडेलकी धर्मपत्नि दुर्गा पौडेललाई सम्मान गरिएको छ । पौेडेलले वैदेशिक रोजगारिको शिलशिलामा अमेरिकामा रहेर जीवन रक्षा कोष मार्फत गरिव असहाय,अपाङ्गता भएका तथा गम्भिर रोग वाट ग्रसित विरामीहरुका लागि जीवन वचाउ अभियान सञ्चालन गरेर आर्थिक सहयोगमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

    त्यस्तै व्यवसाय उन्मुख उत्प्रेरणा जगाउन सेयर सदस्य भित्रका ४० जना असल वचतकर्ता,सफल व्यावसायी,सेयर सदस्यका सन्तान तथा उत्कृष्ठ विधार्थी, वृद्धवृद्धा लगायत लाई समेत सम्मान गरिएको छ । अधिवेशनलाई संवोधन गर्दै वाग्लुङ क्षेत्र नं.१ ख वाट निर्वाचित गण्डकी प्रदेशका सभासद कृष्ण थापाले राज्यले ३ खम्वे अर्थनीति अनुसार एउटा खम्वाको रुपमा सहकारीलाई लिएको वताए । थापाले समाजवाद सिर्जना गर्नका लागि सहकारीले समृद्धि उन्मुख अर्थतन्त्रलाई टेवा पु¥याउनेमा जोड दिए । आर्थिक समाज रुपान्तरणमा सहकारीको महत्वपुर्ण भुमिका हुने भन्दै वलेवा क्षेत्रमा विद्यमान गरिवी निवारण उन्मुलनमा यस सहकारीले गहन भुमिका खेल्नु प्रसंसनिय भएको वताए ।

    समापन कार्यक्रममा वोल्दै सहकारीका नवनिवार्चित अध्यक्ष उमाकान्त शर्माले आँफुलाई सर्वसम्मत रुपमा दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित गराउने सवैलाई धन्यवाद दिँदै सहकारी लाई आगमी दिनमा अझै ससक्त वनाएर अगाडि वढाउने वताए । शर्माले मानिस कर्मशिल वन्नुपर्ने भन्दै आफ्नो लागि हरेक मानिस हरेक कुरामा आफै सवल हुनुपर्ने वताए । विकासको मुल आकाशवाट नखस्ने भन्दै ग्रामिण विकासका लागि ऐकवद्ध भएर सवै लाग्नुपर्नेमा जोड दिए । संस्थाले छिट्टै दुध डेरि सञ्चालन गर्ने लक्ष्य लिएकोले भैँसी पाल्ने किसानहरु र अन्य उद्यमशिल कार्य गर्ने तरकारी खेती ,अन्य पशुपालन घरेलु उद्योग सञ्चालन गर्नेहरुलाई ३ प्रतिशत सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने शर्माले जानकारी दिए । सभामा करिव ९ करोड वरावरको वार्षिक आय व्यय तथा प्रगति प्रतिवेदन संस्थाका सचिव टेक वहादुर रोकाले गरेका थिए ।

    सामाजिक कार्यमा क्रियाशिल यस संस्थाले ६ लाख वरावरको कल्याणकारी कोषको स्थापना समेत गरेको छ । कतै आकस्मिक दुर्घटना भएमा दुर्घटनाको प्रकृति हेरेर कोष मार्फत तत्काल २० देखि ५० हजार सम्म विनाधितो आर्थिक सहयोग गर्ने,सेयर सदस्यहरुको असामहिक निधन भैहाले तत्काल समवेदना सहित रु ८ हजार परिवार लाई सहयोग गर्ने, विवाह वर्तवन्ध तथा शुभ कार्यमा सहयोग गर्ने,गम्भिर प्रकारका रोग लागेका विरामी हरुलाई आर्थिक सहयोग गर्ने,महिला हरुलाई सुत्केरी भत्ता रकम उपलव्ध समेत गराउँने अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

    कार्यक्रममा वा.न.पा. नारायण पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । वलेवा सामुदायिक वहुद्देश्यिय सहकारी संंस्था लिमिटेड प्रा.लिका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, गण्डकी प्रदेशका सभासद कृष्ण थापाको प्रमुख आतिथ्यता,उपाध्यक्ष महेन्द्र जि.सि.को स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका ऋण संयोजक रेशम वहादुर खत्रीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं