SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/९/१७ गते
    १६६ पटक

    केदार शर्मा, चितवन, । चितवनका जुम्ल्याहा दाजुभाइ बिदुर र बिमल पौडेल हिजो आज मानब यन्त्र(रोबट) बनाउनमा निकै ब्यस्त छन । चितवन स्थित रत्ननगरमा रहेका दाजुभाई मानिससँग कुराकानी गर्न सक्ने किसिमको रोबट बनाउनमा ब्यस्त रहेका हुन । घरमा आगोलागि हुदा दम्कललाई फोन गर्ने, घरमा खाना पकाउन प्रयोग हुने ग्यास लिग भएमा रेगुलेटर बन्द गर्ने, सुकाई राखेको कपडाहरुमा आकाशबाट पानी पर्ना साथ ओतमा लैजाने, घरमा चोर तथा बिषालु जनावर आउदा सुचना दिने, मानिसको बल्ड प्रेसर मापन गरेर खानाको लागि सजग गराउन सक्ने किसिको रोबट बनाउन लागेको बिमल पौडेलले बताए ।

    जुम्ल्याहा दाजुभाइ बिदुर र बिमलले निर्माण गरिरहेको रोबटमा अहिले सम्म आपतकालिन सुचना दिने सेन्सरलाई जडान गरि सकिएको छ । सेन्सर मार्फत चल्ने रोबटमा ९९ मेगार्हजमा आपतकालिन सुचना बजाउन रेडियो समेत जडान गरिएको बिदुर पौडेल बताउछन । पौडेलका अनुसार घरवा घर नजिकैको घरहरुमा आगोलागि हुदा, मानिस हराउदा, भुकम्प आउदा लगाएतका आपतकालिन अबस्थामा ९९ मेगार्हज मार्फत सुचना प्रसारण हुनेछ । रोबटले ९९ मेगाहर्ज मार्फत प्रसारण गरेको सुचना करिब ५ किलोमिटर वरपर सम्म सुनिन सक्निे छ ।

    झण्डै २ लाख रुपैयामा सम्पन्न गर्ने गरि निर्माण गर्न लागिएको रोबटमा हाल सम्म १ लाख खर्च भईसको छ । रोबटमा हाल सम्म हात्त, खुट्टा, टाउको लगाएतका सामाग्री जडान गरिएको छ । रोबटलाई सञ्चालनमा ल्याउन अझै १ लाख रुपैया खर्च लाग्ने छ । रोबटमा प्रयोग हुने दिमागि सेन्सर नेपालमा नपाईने भएकोले बाहिरि देशबाट मगाउनु पर्ने हुदा रोबटलाई सञ्चालनमा ल्याउनमा कठिनाई भईरहेको बिमलले बताए । अपुग सामग्री प्राप्ता हुनासाथ रोबट पुर्ण रुपमा सञ्चालन आउने छ । २२ बर्षिय दाजुभाई मेगाटोनीक ईन्जिनीरयका बिद्यार्थि हुन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं