SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/५/३० गते
    ५१८ पटक

    नेपालमा राजनीति गर्नेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राजनीति गर्दैनन्।राजनीति आफ्नो व्यक्तिगत र गुटगत स्वार्थ पूरा गर्न व्यवसायको रुपमा चल्छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डाँफे टिभीसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्। नेपालमा राजनीति गर्नेहरु बदलिएका छैनन्।देशको सार्वभौम,राष्ट्रियतालाई केन्द्रमा राखेर राजनीति गर्नेहरु कोहि छैनन्।आफ्नो र पार्टी अनि आफन्तको चाहना पूरा गर्न लागिपरेका छन्।राजा,राणा,पंचायत जे फेरिए पनि राजनीति गर्नेहरुको प्रवृति फेरिएको छैन।जनताले देश विकासको लागी स्थिर सरकार पनि दिएका छन् तर उनीहरुको प्रवृति नफेरिएको केसीको गुनासो छ।

    केसीले अगाडि भने-‘देशमा पहिलाको जस्तैं भ्रष्टचार,हत्याहिंसा,लुटपाट,अराजकता,नातावाद,कृपावाद यथावत छ,बिसको उन्नाईस पनि भएको छैन।यसको मुख्य कारण राजनीतिक पार्टीहरुमा पुरानो प्रवृति नफेरिइनु हो।दुई महिना हुन लागिसक्यो निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन सकेको छैन। यस्तो सरकारले देशको समस्या समाधान गर्न सक्दैन भन्ने प्रस्टै देखिसक्यो।’

    दुई तिहाईको सरकारले जनताको अपमान गरेको छ।दुई तिहाईको दुरुपयोग गरेको छ।यो सरकार पाँच बर्ष टिक्छ भन्ने ग्यारेन्टि छैन।लुटपाट,बलात्कार र भ्रष्टचार उस्तै छ। जे भएपनी सहिरहने भए जनताले राणा शासन,राजतन्त्र,पंचायत सहन्थे।यस्तै निराशा जनतामा पैदा भईरह्यो भने यो सरकार ढल्न सक्छ। ’जनता उठिसकेपछि इन्द्रको बाउ चन्द्रले पनि सक्दैन’ दुईसय चालीस बर्षको राजतन्त्रले त घुँडा टेकेर भाग्नु पर्यो भने अहिलेको सरकारले जनतालाई दुई तिहाई सरकार भएको अनुभूति गराएन भने जनताले सहेर नबस्ने केसीले चेतावनी दिए।

    “निर्मला पन्तको बलात्कारी पत्ता लगाउँन नसक्ने ओली सरकार जनताले ढाल्छन्”

    राजतन्त्रको समयमा पदको लागी नारायणहिटिमा दौडने चलन थियो।अहिले पद र आफ्नो महत्वकांक्षाको लागी विना प्रसंग दिल्ली दौडने चलन छ।सरकार प्रमुख र राष्ट्रपति भएपछि ओहदाको प्रमाणपत्र बुझाउन दिल्ली जाने चलन छ।आफ्नो पार्टी र आफ्नो सरकारको केहि कुरामा चित्त बुझेन भने रुनको लागी दिल्ली जाने हो। केहिदिन अघि प्रचण्डले गरेका भारत भ्रमणलाई लक्षित गर्दै केसीले यस्तो टिप्पणी गरेका हुन्।

    ‘भारतप्रति गर्ने दलाली प्रवृति प्रचण्ड र ओलीमा उस्तै-उस्तै देखिन थाल्यो।पहिलाको ओलीको अडान सहि थियो।तर अहिले त्यो अडान खस्किन थाल्यो।नेपालका शासकहरु भारतप्रति नझुकी,दलाली नगरि सत्ता प्राप्त हुँदैन,चुनाब पनि जित्दैनन्।आफ्नो सत्ता बलियो बनाउन मन नलागी-नलागी पनि भारतको दलाली गर्छन।यत्रो जनताले साथ पाएको दुई तिहाईको सरकारले भारतको दलाली गर्नुपर्ने आवश्यकता थिएन।ओलीले पहिला जुन अडान लिएका थिए त्यो अडानमा टिक्न सकेनन्’,केसीले ओलीप्रति खरो टिप्पणी गरे।

    सत्ता र शक्तिका लागी देशको सार्वभौमिकता,अखण्डतामा सौदावाजी गर्छन्। ति मान्छे कांग्रेस भित्र पनि छन् र नेकपामा छन्।संघीयता पश्चिमाले नेपालका नेतालाई बोकाएका हुन्।गिरिजाले राष्ट्रपति हुन आफ्नो स्वार्थको लागी संघीयता बोकेका हुन्। कांग्रेस, नेकपाले संघीयता देश हितको लागी बोकेका होइनन् सत्ता र शक्तिको लागी बोकेका हुन्।विदेशीले बाध्य पार्दै र दबाब दिदैं बोकाईदिएका हुन्।

    ‘मलाई दश करोडको प्रस्ताव राखेर संघीयता स्वीकार्न दबाब दिएका र पन्ध्र दिनभित्र ज्यान मार्ने धम्की समेत आएको थियो तर मैले लोभ र धम्कीसँग नडराई संघीयताको विरोध गर्न छोडेको छैन’,केसीले खुलासा गरे। संघीयता जातिय द्धन्द,क्षेत्रीय द्धन्द गराउन,देश टुक्राटुक्रा पार्न नाईजेरिया र सुडान बनाउन विदेशीले बोकाइदिएका भारी भएको केसीले दाबी गरे।

    केसीले प्रश्न गर्दै भने -‘संघीयताले चारैतिर निराशा छाएको छ।अहिले कर बढेको संघीयताको लागी हो।एउटा सिंगो नेपाल चलाउन नसक्नेले सातवटा प्रान्त कसरी चल्छ ? राजतन्त्र, राणातन्त्र, पंचायत खारेज गर्न हुने तर देशको हितमा नभएको विदेशीले जबर्जस्ती थोपरिदिएका संघीयता खारेज गर्न किन नहुने ?’ संघीयता र नेपाल मध्ये एकमात्र टिक्ने दुवै टिक्न नसक्ने केसीले ठोकुवा गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं