SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/५/२६ गते
    १३३२ पटक

    “मैले आजसम्म जे जति अन्तर्वार्ता दिएको छु त्यो सबै सत्यतथ्यमा आधारित भएर दिएको छु, साथै आफ्नु प्राज्ञिक मुल्य मान्यता भित्रै रहेको दिएको छु । मैले बोलेको कुराको पूर्ण जिम्मेवारी म आफै लिन्छु । मैले बोलेको कुरा असत्य, आधारहीन र प्रमाणविहिन होइन भनेर प्रमाणित भएमा आजैदेखि कुनै पनि अन्तर्वार्ताहरु दिने छैन ।” पत्रकार टीकाराम यात्रीसंग तमसोमा ज्योतिर्गमयमा कुराकानी गर्दै पाल इतिहास सङ्घका सभापति प्रा.डा. सुरेन्द्र केसीले उक्त कुरा बताएका हुन् ।

    राजनीतिक विश्लेषक तथा इतिहासका अध्येता प्रा. डा. सुरेन्द्र केसीको जन्म २०१२ साल फागुन महिनामामा ताप्लेजुङ भएको हो । त्रिभुवन विश्वविद्यालयमा ४० बर्ष प्राध्यापन गरेर केहि समय अघि मात्रै अवकाशप्राप्त गरेका डा.केसीले ५० वटा पुस्तकहरु लेखेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको बिषयमा पीएचडी गरेका केसीले अमेरिकन लाइब्रेरीबाट ‘पब्लिक स्पीकिङ’ मा ग्य्राजुएट समेत गरेका छन् । नेपाल इतिहास सङ्घका सभापति रहेका केसी प्रखर वक्ता एवम् खरो टिप्पणी गर्ने बिश्लेषकका रुपमा परिचित ।

    उनै प्रखर विश्लेषक केसीसंग अहिलेको राजनीतिक परिस्थितिबारे ? सरकारको कार्यसम्पादनबारे ? सरकारप्रतिको असन्तोष र नेकपा भित्रको अन्तरसंघर्षबारे ? एकतापछिको नेकपा र नेताहरुको राजनीतिक भविष्यबारे ? नेपाली राजनीतिका विकृतीबारे ? बुद्धिजिवीहरुको प्रवृतिबारे ? निजि जीवनबारे, क्यान्सरपछिको नयाँ जीवन र फेरिएको जीवन दृष्टिबारे । तमसोमा ज्योतिर्गमय टीकाराम यात्रीले गरेको कुराकानीमा डा.केसीले व्यक्त गरेका विचारहरु यस्तो छ :-

    नेपालमा राइट म्यान राइट प्लेसको अबधारणा अनुसार आजसम्म कोहि पनि न्युक्ति भएका छैन , राज्यको सबै ब्यबस्थामा नेताहरुको आसेपासे मात्रै न्युक्ति भएका छन् । त्रिविबिमा कृष्ण खनाललाई विधि र नियम मिचेर प्रोफेसर बनाएपछि त्रिबीबीको अधोगति शुरु भएको हो भन्दै कृष्ण खनालप्रति तिखो टिप्पणी गरेका छन् ।

    डा.केसी केहि समय अघि चीन भ्रमण जादा त्यहा रहेका नेपाली राजदुत लीलामणि पौडेलले आफ्नु फोन नउठाएको र युरोप जादा पनि बेल्जियमका राजदुतले आफ्नु फोन काटेको बिषयलाई कटाक्ष गरेका छन् । संबैधानिक रुपमा आफु भन्दा तिन तह तल रहेका राजदुतहरुले आफ्नु फोन नै काट्ने नउठाउने गरेर अपमान र दुख दिन्छन भने साधारण नेपालीहरुलाई के कस्तो सेवा दिन्छन सजिलै भन्न सकिने केसीको तर्क छ । औंला नै ठड्याएर ति राजदुतहरुलाई चुनौती नै दिएका छन् केसीले ।

    कुराकानीको शुरुवात मै राजाहरुले भन्दा नेताहरुले उपचारको नाममा देशको ढुकुटी सकेर देशलाई कंगाल बनाएको तर्क अघि सार्दै आफुले जहिले पनि जनताको आवाज बोलेको कुरा राख्दै अहिलेको समयमा सामाजिक संजाल मार्फत मानिसको व्यक्तित्वको मूल्यांकन हुने बताउदै सामाजिक संजालमा नेताहरु भन्दा आफ्नु नै लोकप्रिय रहेकको जीकर समेत गरेका छन् ।

    अहिलेका नेताहरुले बोलेको बिषयलाई ६०० /७०० ले हेर्ने र सुन्ने गरेको तर आफुले बोलेको बिषयलाई ३० /४० हजार भन्दा बढीले हेर्ने र सुने गरेको बताउदै पुर्बराजा ज्ञानेन्द्रले बोलेको हेर्ने र सुन्ने लाखौ हुने गरेको दाबी गर्दै अहिलेका नेताहरु भन्दा पुर्वराजा नै लोकप्रिय रहेको डा.केसीको तर्क छ।

    वर्तमान ओली सरकारलाई जनताले दिएको म्यान्डेट विपरित कामहरु गर्दै हिडेकोले ओली सरकारबाट पनि देशमा बिकाश सम्वृद्धि अनि सकारात्मक परिवर्तन हुने आशा राख्नु नै गलत भएको धारणा केसीको रहेको छ । नेकपा भित्र द्वन्दको छलाङको सुरुवात गुटउपगुट हुँदै नारायण काजी हुँदै अगाडि बढेको डाक्टर केसीको दाबि गर्दै भन्छन् “केहिदिन अघि प्रचण्ड भारत भ्रमण राहदा आफुलाइ प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरि फर्केका छन” ।

    हेर्नुहोस डाक्टर केसीसंगको कुराकानीको भिडियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं