SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/५/२५ गते
    ४१७ पटक

    यसअघि उत्तर कोरिया स्थापना भएको वार्षिकोत्सव मनाउन आयोजना गरिने परेड, सैन्य शक्ति र हतियार प्रदर्शनको माध्यम बन्ने गरेको थियो । तर यसपटकको ७० औँ वार्षिक परेडमा भने उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल लगायतका हतियार सार्वजानिक नगराएर फूल र रङ्गीचङ्गी बेलुन उडाउँदै उत्सव मनाएको बताइएको छ । १० मिनेटको उक्त परेडका लागि सहभागी सबै प्रस्तुतकर्ताले ६ महिना अघिदेखि अभ्यास गरिरहेका थिए जसबाट पनि कार्यक्रमको महत्वबारे स्पष्ट हुन सकिन्छ ।

    यसैकारण उत्तर कोरियाली नागरिकहरुले पनि सधैँको भन्दा बेग्लै प्रकारको, अत्यन्तै साधारण र जनताको हितमा केन्द्रित कार्यक्रमको अनुभव गरेका हुन् । वास्तवमा अमेरिका र दक्षिण कोरियासँगको कूटनीतिक सम्बन्ध र आणविक छलफलको नतिजा स्वरुप प्योङयोङले यसअघिको परम्परा तोड्दै नयाँ तरिकाले कार्यक्रम सञ्चालन गरेको बताइएको हो । यसमा लाखौँ सैनिकहरुका साथ दर्जनौँ सैन्य सवारी मात्र समावेश गराइएको हो । त्यसैगरी कार्यक्रममा पहिलोपटक किमले कुनै भाषण नदिएको पनि बताइएको छ । कार्यक्रममा उनी केन्द्रिय हलको बरन्डामा चीनका वरिष्ठ राजनीतिज्ञ लि जान्सुसँग उपस्थित भएका थिए । त्यसैले उनले टाढै बसेर सबैलाई हात हल्लाउँदै उत्साह व्यक्त गरेका हुन् भने कार्यक्रमको अन्त्यमा चाहिँ उनले लिसँगको निकटता प्रस्तुत गर्दै हात मिलाएर उपस्थित सबैलाई सम्बोधन गरेका थिए । दुई भागमा विभाजन गरिएको सो परेडमा सैनिकहरु मात्र नभएर सर्वसाधारण र कलाकारहरु पनि उत्तिकै सङ्ख्यामा उपस्थित रहेको बताइएको छ ।

    पूर्ण रुपमा आर्थिक विकासमै केन्द्रित रहेकाले पनि बेलुन र फूल बोकेर आएका सर्वसाधारणले पछिल्लो वर्षहरु भन्दा भिन्दै वातावरण सिर्जना गरेको बताइएको थियो । यसअघिका वार्षिक परेडमा भने सैन्य ताकत वृद्धि गर्नप्रति मात्र जोड दिइने गरिन्थ्यो । २०१८ किमका लागि कूटनीतिक हिसाबले ज्यादै महत्वपूर्ण वर्ष रहेकाले पनि उत्तर कोरियाले यस्तो रणनीति अपनाएको बताइएको छ । यसैवर्ष उनले तीन महत्वपूर्ण देश दक्षिण कोरिया, चीन र अमेरिकाका प्रमुखहरुसँग भेटवार्ता गरेका हुन् । त्यसैगरी केही दिनमै उनले दक्षिणका राष्ट्रपति मुन जेइनलाई पनि पहिलोपटक प्योङयोङमा स्वागत गर्ने तयारी गरिरहेका छन् ।

    सिंगापूर सम्मेलनपछि यसलाई किमको कार्यकालको अर्को ठूलो उपलब्धि मानिएको छ । तरपनि पछिल्लो समय अमेरिकासँगको सम्बन्धमा समस्या देखिएपछि सिंगापूर बैठकको सम्झौता रद्द हुने खतरा बढेको थियो । तर शुक्रबार नै किमले आफूलाई अझै ट्रम्पप्रति पूर्ण विश्वास रहेको उल्लेख गरेपछि ट्रम्पले पनि धन्यवाद प्रकट गर्दै किमलाई साथ काम गर्ने वचन दिएका हुन् । त्यसैगरी शनिबार विदेश मन्त्री माइक पोम्पेओले पनि किमबाट राष्ट्रपति ट्रम्पका लागि एउटा पत्र प्राप्त गरिसकेको खबर गरिएको छ जसले पनि सकारात्मक सन्देश दिने ह्वाइटहाउसको अपेक्षा छ । उता ट्रम्पका आलोचकहरुले भने उत्तर कोरियाले हतियार बाहिर नदेखाएउँदैमा कहिल्यै प्रयोग गर्ने छैनन् भन्ने विश्वास गर्न नसकिने बताइरहेका छन् । शनिबार रातिको कार्यक्रममा चाहिँ विदेशी संचारकर्मीहरुलाई पनि अनुमति दिइएको थियो जसमा विभिन्न संगीत र नृत्य प्रस्तुत गरिएको हो । त्यसैगरी प्योङयोङले पाँच वर्षपछि पहिलोपटक ‘मास गेम्स’ पनि आयोजना गर्ने तयारी गरेको छ जसमा १ लाख भन्दा बढी जिम्न्यास्ट र कलाकारहरुको उपस्थित रहने बताइएको छ । यसले वर्षौँदेखि उत्तर कोरियाको समाजवादी मूल्यको प्रचार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं