SuchanaKendra

प्रकाशित : २०७३/१/२७ गते
Ad

                   logo (1)हामीले आनलाईनको नाम दर्ता गरी परिक्षण प्रशारण गरेको आज एक बर्ष भएको छ । बिधिबत् रुपमा अनलाइन सञ्चालन गरेको केहिपछि नै हामी माथी अनेकन प्रकारका हमालाहरु भए । समाचार लेखेको आधारमा ज्यान मार्नेसम्मका धम्कीहरु पनि आए ।
नेपालमा बिकास भएको अनलाईन पत्रकारीतालाई हामीले निरन्तर मर्यादित तथा भयरहित तथा बिश्वसनिय बनाउने तरिकाको साथ हामीलाई निरन्तर जनताको सुचना पाउने अधिकारलाई सम्मान गरेर अगाडी बढी नै रहेको कुरा हाम्रा लाखौं लाख पाठकहरुलाई थाहा नै छ ।
हामी कसैको धम्कीले पछाडी फर्किने कोसिस गरेनौं बरु हामी उनीहरुसँग प्रतिरोध गर्दै अनलाईनलाई अझै प्रभावकारी ढंगले अगाडी बढाइनै रहयौं । हाम्रो कामलाई लाखौं पाठकहरुले इमान्दार भए साथ दिइनै रहनु भयो त्यसको लागि हामी निकै आभारी छौं ।
aakhil patroहामीले समाचारलाई पित तरिका, भजने पत्रकारीता भन्दा माथी उठाउन खोज्दा हामी माथी नकारात्मक मात्रै देख्ने, जस्ता अनेकन आरोपहरु लागे तर हाम्रो एउटै उद्येश्य रह्यो हामी उनीहरुको भनाईलाई कहिल्यै खण्डन गरेनौं हामी निरन्तर आफ्नो मिशनमा अगाडी बढीनै रहेको कुरामा हाम्रा पाठकहरु अनबिज्ञ हुनुहुन्छ जस्तो हामीलाई लाग्दैन ।
हामी सकारात्मक कुराको चर्चा गर्यौं तर भजन कसैको गायनौं यहि शैलीले नै आज हामी जम्मा एक बर्षमा नेपालका स्थापित अनलाईनहरुको दाजोमा आफुलाई खडा गर्न सफल भएका छौं । अन्यथा हामी पनि सयौं अनलाईनैकै निरन्तरतामा एउटा साधुरो घेरामा नै रहने कुरामा कसैको दुईमत हुन सक्दैन ।
हाम्रो अभियानले देशमा तथा बिदेशमा रहेका हरेक नागरीकहरुलाई केहि हदसम्म भएपनि समाचारहरु प्रति बिश्वशनियता तथा खबरको सत्यतालाई नजिकबाट हेर्न मद्दत गरेको महसुस गरेका छौं । हामीलाई यो अभियानमा आफ्नो निरन्तरको सहयोग तथा हौसला दिने आदरणीय यस अनलाईनका सल्लाहाकार कमल बुढा तथा मुक्ती अधिकारी ज्युहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।
देशभित्र तथा बाहिर रहेका यस अनलाईनका सहकर्मी तथा संवाददाता मित्रहरु, हामीलाई निरन्तर सहयोग तथा सुचनाको श्रोतको रुपमा काम गर्नुभएका अन्य हजारौं मित्रहरु, बिज्ञापनदाता लगायत सबै सबैमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं । साथै आगामी दिनमा पनि यहाँहरुको सहयोग तथा सर्मथनको निरन्तर अपेक्षा गर्दछौं ।

प्रबन्धक निर्देशक/प्रधान सम्पादक
बैकुण्ठ गिरी
E-mail : baikuntha.giri@gmail.com
Contact No : +977-9847700476

                                                                                          सम्पादक
                                                                                                रन्जना खत्री क्षेत्री
                                                                                                   E-mail : kendrasuchana@gmail.com

 

१२६ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad