SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/१२ गते
    १९०० पटक

    एजेन्सी। पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ ।

    पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ । उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो । यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो ।

    मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो । ‘यदि पार्टनरले मसँग कण्डम छैन भन्यो भने ?’ भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग योनी छैन ।’ ‘कण्डम किन्न लाज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग सेक्स गर्नु छ भने कण्डम चाहिन्छ ।’

    स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् । ती छात्राको उत्तर पुस्तिका सामाजिक संजालमा भाइरल भएको छ । यो उत्तर पुस्तिका अहिलेसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अन्नत् सरकार बिरुद्ध एकिकृत बन्दै मन्त्री, प्रधानमन्त्री हटाउन मन्त्रीहरुको चलखेल

    युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसद्बाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको...

    सरकारले प्रतिबन्ध लगाएर पक्राउ परेका विप्लवका नेता सुदर्शनसँग २२ वटा सिमकार्ड…

    काठमाडौं, । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरूले धेरै वटा...

    यस बर्ष स्याङ्जाबाट झण्डै ६ हजार परिक्षार्थी सहभागि हुँदै

    उदय अतीत स्याङ्जा :- अाज बाट देशभर एसइई परीक्षा सुरु भय लगत्तै स्याङ्जा जिल्लामा यसवर्षको...

    मेयरको कार्यशैली प्रति नेकपाको आपत्ती, जनताको काम प्रति गैर जिम्मेवार बनेको आरोप

    मनिष गुप्ता  कपिलवस्तु महाराजगंज नगरपालिकामा भइरहेको गतिविधि प्रति नेकपाले असन्तुष्टि जनाएकाे छ । जनप्रतिनिधि नै...

    एकाबिहानै पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस चैत ११ गते सोमबारको राशिफल

    वि.सं.२०७५ साल चैत ११ गते। सोमबार। इश्वी सन् २०१९ मार्च २५ तारिख। शकसंवत् १९४०। विरोधकृत्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं