SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१२/१३ गते
    ३६६ पटक

    एजेन्सी । युवा–युवतीबीच अहिले डेटिङ्गको खुब चलन बढेको छ । विभिन्न सुन्दर ठाउँहरुमा प्रेमलाप गर्दै रमाउने युवा जमात बढिरहेको छ । अहिले एउटा भिडियोले सनसनी मच्याएको छ । भिडियोमा एक मस्त जवान युवती छिन् । सेतो टिसर्ट र पाइन्ट लगाएकी ती युवतीले एक नव जवान युवालाई कुटिरहेकी छिन् ।

    केटा आफ्नो बचाउको लागि अनुहार लुकाइरहेका छन् । तर, उनीहरुलाई भिडले घेरेका छन् । सबैले मोवाइलमा यो नौंटकीको फोटो भिडियो खिचिरहेका छन् । यो नौंटकी भने होइन। घटना भारत उत्तर प्रदेशको हो । त्यहाँकी एक युवतीले ती युवालाई रामधुलाई गरेकी हुन् । युवतीका अनुसार ती युवाले उनलाई ६ महिनादेखि लगातार पिछा गरिरहेका थिए । युवाले फोनबाट युवतीलाई दुःख दिइरहका थिए ।

    युवतीले ती युवालाई पाठ सिकाउने बिचार गरिन् । उनले युवालाई भेट्न बोलाइन् । उनले भेट्न बोलाएको ठाउँ नजिक एसएसपी कार्यलय थियो । युवतीले पूर्व तयारीसाथ त्यहाँ बोलाएकी रहिछन् । युवा उनलाई भेट्न मख्ख परेर आइपुगे । तर युवा आउनसाथ उनलाई कुटपिट गर्न थाले । एसएसपी कार्यलयको अगाडि युवतीले केटालाई कुटपिट गर्दैै कार्यलयभित्रै पुर्‍याइन् । कार्यलयमा पनि उनले केटालाई कुट्न छाडिनन् ।

    एक कलेजमा प्रवन्धकको काम गर्ने ती केटा विवाहित रहेछन् । सोधपुछको क्रममा उनले आफ्नो छोरो समेत भएको बताए । तर ती केटीसँग उनी कसरी सम्पर्कमा आए, कसरी फोनमा कुराकानी भयो भन्नेबारे दुबैले केहि भनेनन् । दुबैले एक–अर्कालाई आरोप लगाइरहे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुर्घटना न्युनिकरणमा लाग्दै ट्राफिक, जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतकाे यस्ताे ऐतिहासिक काम

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतले सवारी दुर्घटना न्युनिकरणको लागी जनचेतना मुलक कार्यक्रम संचालन...

    एकाबिहानै मुक्तिनाथ मन्दिरको दर्शन गरि सबैले हेर्नुहोस चैत १० गते आइतबारको राशिफल

    वि.सं. २०७५ साल चैत १० गते। आइतबार। इश्वी सन् २०१९ मार्च २४ तारिख। शकसंवत् १९४०।...

    भारतीय राजदुतसँग पूर्वराजा ज्ञानेन्द्रको अवैध सम्बन्ध, राजदूतसँग स्पष्टीकरण सोधिने

    राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरुपमा...

    पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी, अरुणकुमार महतो र हरिबहादुर लामा थुनामा

    काठमाडौं, । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र...

    नेकपाका नेता हेमन्तप्रकाश ओलीसँगै खानेपानी मन्त्री बिना मगरका पूर्वपति पनि पक्राउ

    काठमाडौं, । खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारी पनि पक्राउ परेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं