SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    ११५ पटक

    काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदामा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दै गृहले हाल दिइँदै आएको बिदामा २१ दिन काटौती गर्न प्रस्ताव गरेको छ ।

    सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा दिने गरी सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरेको छ ।

    सरकारले बिदा दिने प्रवृत्तिलाई हल्का बनाएको र जस्तासुकै चाडको अवसरमा पनि सार्वजनिक बिदा दिने प्रचलन बढाएकाले सेवा प्रवाहमा गम्भीर असर परेको गुनासा अत्याधिक आउन थालेपछि गृहले बिदा कटौती गर्ने गृहकार्य गरेको हो ।

    गृह मन्त्रालय आन्तरिक व्यवस्थापन शाखाका प्रमुख उपसचिव यदुनाथ पौडेलले हालको बिदामा पुनर्विचार गर्न जरुरी देखिएकाले सोही अनुसार गृहकार्य गरिएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad