SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१७ गते
    ७७ पटक

    बैकुण्ठ गिरी,  पर्वत । नेपाली लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका चर्चित सर्जक गायक तथा संकलन बिमलराज क्षेत्री पर्वतमा सम्मानित भएका छन् । लोक दोहोरीको क्षेत्रमा निरन्तर काम गरिरहेका र पर्वत जिल्लाको नाम लोकदोहोरी क्षेत्रबाट उच्च स्थानमा पर्याउन सफल भएको भन्दै क्षेत्रीलाई सम्मान गरिएको हो ।

    पर्वत जिल्लामा महिलाको मात्रै ब्यास्थापनमा सञ्चालनमा रहेको रेडियो दिदिबहिनी एफ एमको आठौं बार्षक उत्सव तथा पश्चिमाञ्चल स्तरीय महोत्सवको उद्घाटन कार्यक्रममा रेडियोले क्षेत्रीलाई नगद ११ हजार १ सय ११ रुपैया, दोसल्ला र सम्मान पत्रको साथमा सम्मान गरेको रेडियो दिदिबहिनीका अध्यक्ष तथा पुर्व साँसद कल्पना चापागाईले सुचनाकेन्द्र डटकमलाई बताएकी छन् ।

    पश्चिमाञ्चल स्तरीय महोत्सवको उद्घाटन शत्रको उद्घाटन गर्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको हातबाट लोकगायक बिमलराज क्षेत्रीलाई सम्मान गरिएको हो । सम्मानपछि सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै लोक गायक क्षेत्रीले आफुले गरेको कामको मुल्यांकन भएकोमा खुसी लागेको बताएका छन् । म पर्वत जिल्लामा जन्मिएको भएपनि लोक दोहोरीको क्षेत्रमा निकै मेहेनत गरेको छु गित संगितले नै मानविय चेतनालाई परिवर्तन गर्न र गित संगितको माध्यामबाट नै तोडिएका मुटुहरुलाई जोड्न सकिने बताउँदै क्षेत्री भने आफ्नै जन्मभुमीमा रेडियोले गरेको सम्मानले आफुलाई काम गर्ने उर्जा अझै थपिएको बताए ।

    जाउँन माया जाउ मेला हेर्न जाउँ स्वर्गद्धारी डाडैमा माया प्रिती लाउबाट गित संगितको यात्रा शुरु गरेका बिमलले बल्लै भो भेट, लुम्ले काडे जाउँ, जापान टोकियो, रानी घाटैमा, मधु बनैमा, अंगुर अमिलो, चसपारी चाम्रो, मध्यपश्चिम कि, चैतै दशै मेलैमा, औठी स्यमबरको, हिमाल सेतै छ, औठी कुशैको, डुल्छु रन वन, पर्वत मेरो गाउँ जस्ता सयौं गितहरुको कारण बिमलराज क्षेत्री गित संगितको दुनियामा निकै चर्चामा रहेका यीनै गितहरुको कारण बिमलले अफुलाई पछाडी फर्केर हेर्न नपरेको बताउँछन् । गित संगितमा उनको कृयाशिलता अझै बढ्दै जाओस । तथा सम्मानित भएकोमा सुचनाकेन्द्र डटकमको तर्फबाट पनि हार्दिक शुभकामना ।।।

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad