
होली हंगामा सफल पार्न भोजपुरी जगतका सुपरस्टार अभिनेता तथा अभिनेत्री आज काठमाडौंमा आईपुगेका छन् । आर. ए. बि. एस इन्टनेशनल प्रा. लिको इभेन्ट म्यानेजमेन्टमा जनकपुरमा होली विशेष सांगितिक कार्यक्रम १७ गते विहीवार हुँदैछ ।
‘यसपाली होलीका रंग, निरहुआ र आम्रपालीकासँग’ शिर्षक दिइएको सांगितिक कार्यक्रम सफल पार्नका लागि सिमासिंह, दिनेशलाल यादव निरहुआ, आम्रपाली दुवेको साथमा एस.राज प्रोडक्सन्सको प्रस्तुतिमा सञ्चालन हुने आयोजकले बताएको छ ।
‘जनकपुर होली हंगामा’ नामक मैथिली–भोजपुरी सांगीतिक तथा सांस्कृतिक पर्वमा सहभागी हुन भोजपुरी चलचित्र जगतका लोकप्रिय कलाकार दिनेश लाल यादव (निरहुवा) र आम्रपाली दुबे सहित बहु–चर्चित कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
होली हंगामा कार्यक्रम सफल पार्नका लागि भोजपुरी जगतका अभिनेता अभिनेत्री लगाएतको टीम काठमाडौंमा आईपुगीसकेका र भोली सोही कार्यक्रमको लागि जनकपुर प्रस्तान गर्ने समेत आर. ए. बि. एस इन्टनेशनल प्रा. लिका प्रवन्ध निर्देशक रंजन राज श्रीवास्तव ’रोशन’ले अनलाइनपानालाई जानकारी दिएका छन् ।