SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/७ गते
    ७६ पटक

    सम्राट जिसी, रुपन्देही ।

    साई ग्लोबल क्रिकेट क्लब भैरहवा ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको डिभिजन बी अन्तर्गतको खेलमा साई ग्लोबलले बुटवल ११ क्रिकेट क्लब बुटवललाई १ सय ८७ रनको फराकिलो अन्तरले हराउँदै ‘ए’ डिभिजनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो । उसका लागि रुपेश बास्तोलाले १ सय ३३ रनको पारी खेले । यस्तै इमरान खाँनले ३९ र आनन्द गौडले २४ रन बनाए । बलिङमा बुटवल ११ का प्रदीप भण्डारीले ३ र तिलक श्रेष्ठले २ विकेट लिए ।

    प्रतिउत्तरमा २ सय ६६ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको बुटवल ११ ले निर्धारित खेलमा २३ ओभर २ बल खेल्दै सबै विकेट गुमाई जम्मा ७८ रन बनायो ।

    उसका लागि कृष्ण सेनले २५ र अमित श्रेष्ठले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोर अंक बटुल्न नसक्दा टिमले हार व्यहो¥यो । बुटवल ११ लाई सस्तैमा समेट्ने क्रममा साई ग्लोबलका इमरान पठन र दुर्गेश कुर्मीले ३÷३ तथा बसिर खाँनले २ विकेट लिए । खेलमा साई ग्लोबलका रुपेश बास्तोला म्यान आफ द म्याच घोषित भए ।

    मंगलबार डिभिजन ‘ए’ प्रवेशका लागि प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवा र जेजेसिए जवही क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका सचिव संजय गुरुङले बताए । प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ भने विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ ।

    यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad