SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३ गते
    ११० पटक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे प्रधानमन्त्रीको रुपमा सपथ लिदैंछन् । आजै ओली प्रधानमन्त्रीको लिने भएपछि समर्थन गरेको दल नेकपा माओवादी केन्द्र सरकारमा जाने वा नजाने भन्ने अन्यौलमा छ । तर नाम नखुलाउने सर्तमा माओवादीका एक् नेताले माओवादी आजै सरकारमा नजाने बताए । यदि एमालेसँग सबै कुरा मिलेको खण्डमा माओवादी रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी थियो ।

    ‘एमालेसँग केहि राजनीतिक छलफल टुंगिएको छैन्, त्यसैले अहिले नै सरकारमा सहभागी हुँदैनौं’ उनले भने ‘एमालेको जबरजस्तको कारण अहिले नै सरकारमा सहभागी माओवादी नहुने भएको हो ।’

    वाम एकताको लागि ९५ प्रतिशत टुंगिसकेको बताइएपनि एकता भने ५ प्रतिशतमा अड्किएको छ । हिजो भएको छलफलमा एमालेले माओवाद नमान्ने र माओवादीले जनताको बहुदलिय जनवाद (जबज) मान्नपर्ने अडान राखेकाले एकता अड्किएको हो । विवादबारे समाधान खोज्न हिजोको बैठकले छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

    त्यसोत आज बिहान पनि माओवादीको बैठक बसेको थियो । उक्त बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्ण बहादुर महरा टोपबहादुर रायमाझी, पन्फा भुसाल, जनार्दश शर्मा, देब गुरुङ, मात्रिका यादव, गिरीराजमणि पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । सो बैठकले माओवादी नमान्ने र जबज मान्नुपर्ने एमाले अडान भएकाले अहिले नै सरकारमा जान नहुने निष्कर्ष निकालेको थियो । त्यसकारण नै आजै माओवादी सरकारमा नजाने तर ओलीलाई समर्थन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । खबरडबलीमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    २०७५ साल बैशाख १४ गते शुक्रबार अप्रिल २७ को राशिफल, जय माता मनकामना !

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad