SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२ गते
    १४८ पटक

    काठमाडौं  एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् । अंग्रेजी दैनिक पत्रिका द हिमालयन टाइम्समा प्रकाशित समाचार अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् ।

    हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू वान’ संवादमा ओली र प्रचण्ड पार्टी अन्तरिम विधान, राजनीतिक दस्तावेज र अन्तरिम संगठनात्मक ढाँचा बनाउन कार्यदल बनाउन पनि सहमत भएका छन् ।

    सामन्य त कम्युनिष्ट पार्टीको पोलिटव्यूरो केन्द्रीय समितिको एक तिहाई हुन्छ । यदि ९९ सदस्य केन्द्रीय समिति बन्यो भने ३३ जनाको पोलिटव्यूरो हुनेछ र ११ जनाको स्थायी समिति बन्ने छ ।

    पार्टी एकता संयोजन समितिको बैठक बस्दै

    पार्टी एकीकरण र सरकार गठनका विषयमा छलफल गर्न एमाले–माओवादी केन्द्र एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।दिउँसो दुई बजेपछि समितिको बैठक बस्ने स्रोतले जनाएको छ । संयोजन समितिको बैठक बस्नु अगाडि एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता हुने बताइएको छ ।

    पार्टी एकीकरणका लागि नजिक पुगेका ओली र दाहालले संयोजन समितिबाट सो विषयलाई टुंग्याउने पक्षमा देखिएका छन् । स्रोतका अनुसार वैचारिक र सांगठनिक विषयमा सहमति जुटाउन संयोजन समितिले दुईवटा कार्यदल बनाउने तयारी समेत भएको छ ।

    यसअघि ओली-प्रचण्डबीच मंगलबार पनि ‘वान टू वान’ वार्ता भएको थियो । ललितपुरको मानभवनमा भएको दुई नेताबीचको वार्तामा पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउनेबारे छलफल भएको थियो । ।

    वार्तामा दुई नेताले बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र बैठकमार्फत पार्टी एकताको टुंगो लगाउने निर्णय भएको थियो । पार्टी एकताको टुंगो लगाउने निर्णयसँगै चिसिन लागेको २ पार्टीबीचको एकताले एकाएक रफ्तार लिने देखिएको छ । जसकारण निरास बनेका एकताका पक्षधर एमाले-माओवादी नेताकार्यकर्ताहरुमा खुसी छाएको छ ।

    एकता टुंगिए पनि दुई दलको हैसियतमै सरकार बन्ने

    एमाले–माओवादी एकता प्रयास अन्तिम विन्दुमा पुगेको छ । तर, प्रतिनिधि सभाको निर्वाचन परिणाम निर्वाचन आयोगले बुधवार राष्ट्रपति समक्ष बुझाएपछि सुरु हुने नयाँ सरकार गठनको प्रक्रिया भने दुई दल सम्मिलित सरकारको रुपमा नै हुने देखिएको छ ।

    दुई पार्टीका शीर्ष नेताहरुले पार्टी एकता गर्ने निर्णय गरे पनि त्यसलाई कानुनी रुप दिन कम्तिमा ४५ दिन लाग्ने भएकाले प्रधानमन्त्री नियुक्ति संविधानको धारा ७६ (२) अनुरुप हुनेछ । संविधानको धारा ७६ (१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था छ । कुनै पनि दलको बहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त गर्न सक्नेलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था धारा ७६ (२) ले गरेको छ ।

    एमाले–माओवादीको गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत हासिल गरे पनि उनीहरु अलग दलका रुपमा छन् । दुई दलको एकता गर्ने राजनीतिक निर्णय मात्रैले राष्ट्रपतिले धारा ७६ (१) अनुरुप प्रधानमन्त्री नियुक्त गर्न सक्ने अवस्था छैन । भोलि नै निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन परिणाम बुझाएपछि एमाले र माओवादीले प्रधानमन्त्री नियुक्त गर्ने सम्बन्धी पत्र राष्ट्रपतिलाई बुझाउन सक्छन् । दुई दलको पत्रका आधारमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने ब्यवस्था संविधानमा छ ।

    प्रतिनिधिसभाको निर्वाचन परिणाम आएपछि दुई दल सम्मिलित सरकार बनेपछि मात्रै सबै कानुनी प्रक्रिया पूरा गरी एमाले माओवादी एकता हुने देखिएको छ । किनभने राजनीतिक दलसम्बन्धी ऐन–२०७४ का प्रावधान पूरा गरेपछि मात्रै दुई पार्टी कानुनी रुपमा एउटै हुनेछन् । राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरु एक–आपसमा एकीकरण हुन सक्ने व्यवस्था गरिएको छ । दफा १० अनुसार पार्टी एकता गर्ने सम्झौता भएको ४५ दिनभित्रमा एकीकृत पार्टीको विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ ।

    राजनीतिक दल सम्बन्धि ऐनमा अर्को बाटोबाट पनि पार्टी एकीकरण गर्न सकिने उल्लेख गरिएको छ । जुन व्यवस्था अनुसार केन्द्रीय समितिबाट अख्तियार पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिको निर्णयको आधारमा पनि निवेदन दिन सकिन्छ । यसरी निवेदन दिँदा कुन राजनैतिक दल कुन दलमा गाभिने र एकीकृत पार्टीको नाम के हुने भन्ने विषय स्पष्ट खुलाइएको हुनुपर्ने व्यवस्था रहेको छ । एमाले र माओवादीले एकतापछि बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने अनौपचारिक समझदारी गरेका छन् । तर, त्यसको औपचारिक निर्णय र केन्द्रीय निकाय वा तदर्थ समिति गठन गरिसकेका छैनन् ।

    त्यसरी आयोगमा बुझाएको निवेदन आवश्यक जाँचबुझ गरेर प्रक्रिया पूरा गरेपछि ४५ दिनभित्र प्रमाणपत्र दिनेछ । त्यसलगत्तै राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनि रुपमा दुई दलको हैसियत एकीकृत नयाँ पार्टीको हुनेछ । एकीकरण हुन चाहने दलले प्रक्रिया पूरा गरेमा आयोगले ‘फास्ट ट्रयाक’बाट हप्ता दिनभित्र पनि निर्णय दिन सक्छ । तर, यो निर्वाचन आयोगको तजविजमा हुने भएकाले पार्टी एकता टुंग्याएर एकल दलको सरकार गठन गर्ने सम्भावना कमजोर बनेको हो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad