SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१ गते
    १६२ पटक

    काठमाडौं। आगामी विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलसम्म पुग्नको लागि अहिले नेपाल नामिबियामा भइरहेको ‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु’ प्रतियोगितामा भिडिरहेको छ । प्रतियोगिताको अंक तालिकामा नेपाल अहिले दोस्रो स्थानमा छ । ६ टिम सहभागी यो प्रतियोगिताका शीर्ष २ टोली विश्वकप छनोट खेल्नका लागि योग्य हुनेछन् । सबैभन्दा पछि पर्ने २ टोली डिभिजन ३ मा घटुवा हुनेछन् र बीचका २ टोली डिभिजन २ मै कायम रहनेछन् ।

    प्रतियोगिताको समूह चरणका ५ खेलमध्ये ४ खेल खेलिसक्दा नेपालले विश्वकप छनोटमा पुग्ने बलियो सम्भावना कायमै राखेको छ । पछिल्लो अंक तालिका अनुसार अबका बाँकी खेलमा जस्तोसुकै नतिजा आए पनि नेपाल डिभिजन ३ मा घटुवा भने हुने छैन । तर, विश्वकप छनोटसम्म पुग्नको लागि नेपालसामु अझै चुनौती छन् । ती चुनौतीलाई पार गर्न सकेमा मात्र नेपाल विश्वकप छनोटसम्म पुग्नेछ । यसका लागि सबैभन्दा ठूलो चुनौती हो क्यानडासँग भोलि हुने समूह चरणको अन्तिम खेल ।

    शीर्ष २ टोली विश्वकप छनोट खेल्नका लागि योग्य हुनेछन् । सबैभन्दा पछि पर्ने २ टोली डिभिजन ३ मा घटुवा हुनेछन् र बीचका २ टोली डिभिजन २ मै कायम रहनेछन् ।

    समान ४ खेल खेलेका क्यानडा र नेपाल अंक तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यी दुवैको समान ६ अंक छ र नेट रनरेटका आधारमा क्यानडा शीर्ष स्थानमा छ । तेस्रो र चौथो स्थानमा समान ४ अंकसहित युएइ र नामिबिया छन् । यी ४ टोली शीर्ष २ मा पर्ने होडमा छन् र २ टोली ओमन र केन्या शीर्ष २ को दौडबाट बाहिरिइसकेका छन् ।

    भोलि हुने नेपाल र क्यानडाबीचको खेलको विजेता सोझै विश्वकप छनोटसम्म पुग्नेछ । यदि नेपालले यो खेल जित्यो भने विश्वकप छनोटको यात्रा तय गर्नेछ । तर, यदि यो खेल हारेमा के होला ? यदि यस्तो भएमा नेपाल विश्वकप छनोटसम्म पुग्नको लागि अन्य खेलको नतिजाको भर पर्नुपर्नेछ । नेपालले भोलिको खेल हारेको अवस्थामा अन्य खेलको नतिजा पनि नेपाललाई फाइदा पुग्ने गरी आएमा मात्र नेपाल विश्वकप छनोटसम्म पुग्न सक्नेछ ।

    भोलि हुने नेपाल र क्यानडाबीचको खेलको विजेता सोझै विश्वकप छनोटसम्म पुग्नेछ ।

    आज नामिबिया र केन्याबीच हुने समूह चरणको खेल पनि नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । यस खेलमा नामिबिया विजयी भए नामिबियाले पनि नेपाल र क्यानडासँग बराबर ६ अंक जोड्नेछ। तर, यो खेल केन्याले जितेमा केन्याको मात्रै २ अंक हुनेछ । तीन खेल खेलेको केन्याले अहिलेसम्म एउटा पनि खेल जितेको छैन र शून्य अंकसहित अंकतालिकाको अन्तिममा छ ।

    त्यसपछि निर्णायक ३ खेल बुधबार हुनेछन् । बुधबार हुने समूह चरणका अन्तिम ३ खेलमा नेपाल र क्यानडा तथा नामिबिया र युएई भिड्नेछन् । यी दुई खेल नेपालका लागि महत्वपूर्ण हुनेछन् । भोलिको तेस्रो खेल केन्या र ओमानबीच हुनेछ र यो खेलको नतिजाले नेपाललाई असर पार्ने छैन । यदी नामिबियाले अबको दुबै खेल जित्ने र नेपाल पराजित हुने हो भने नेपाल शीर्ष दुईमा पर्न असफल हुनेछ।

    अहिलेसम्मको अंकतालिकामा नामिबिया र युएइको नेट रनरेन धनात्मक (प्लस) छ र नेपालको नेट रनरेट ऋणात्मक (माइनस) छ । यस्तो अवस्थामा यदि नेट रनरेट निर्णायक भएमा नेपाल शीर्ष २ मा पर्न निकै कठिन छ ।

    नेपाल पराजित हुने र नामिबियाले आज केन्यासँग हारेर भोलि युएईलाई जितेमा पनि नेपाल र नामिबियाको अंक बराबरी हुनेछ र रनरेटको आधारमा शीर्ष दुईमा पर्ने टिमको छिनोफानो हुनेछ। नामिबियाले दुबै खेल हार्ने र नेपाल पनि भोलि पराजित भए नेपाल र युएईको समान ६ अंक हुनेछ। यस्तो अवस्थामा पनि रनरेट निर्णायक हुनेछ।

    नेपालको लागि सबैभन्दा चुनौतीपूर्ण कुरा हो यदि अंक समान भएर नेट रनरेटका आधारमा शीर्ष टोली छान्नुपर्ने भयो भने नेपाल शीर्ष २ मा पर्न कठिन हुनेछ । किनकि अहिलेसम्मको अंकतालिकामा नामिबिया र युएइको नेट रनरेन धनात्मक (प्लस) छ र नेपालको नेट रनरेट ऋणात्मक (माइनस) छ । यस्तो अवस्थामा यदि नेट रनरेट निर्णायक भएमा नेपाल शीर्ष २ मा पर्न निकै कठिन छ । अतः नेपाल विश्वकप छनोट खेल्नको लागि भोलि क्यानडासँग हुने खेल जित्नु अनिवार्यजस्तै देखिएको छ । डिसी नेपालबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad