SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१०/२२ गते
    २२३ पटक

    नारायण विश्वकर्मा, स्याङ्जा । दरिलो इच्या सक्ति, निरन्तर लगनशिलता, कम परिश्रमबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उद्दरणलाइ स्याङ्जाका एक कृषकले सावित गरेका छन । स्याङ्जाको गल्याङ नगरपालीका–८ करादीका गणेश प्रसाद अधिकारीले आफ्नै इच्छा लक्ष्मी एग्रोपोर्डक्स एण्ड विक्रि फर्म सञ्चालन गरेर मौरी, गोला, मह र मौरी सहितको घाँर विक्रि गरेर वार्षिक रुपमा चार देखी पाँच लाख सम्मको आम्दानी गरेर सवैका लागि उदारणीय बन्नुभएको छ ।

    अधिकारीले घरको वरिपरी, वारीको डिल र खेतको नजिक, सेतम्मे रहेका ३२ वटा घारबाट एक वर्षको अवधिमा २३५ किलो मह विक्र गर्नुभएकोे छ । अधिकारीले स्थानीय एपी सेरना जातको मौरी रहेको आधुनिक घाँरबाट वर्षमा चार पटक मह काढ्ने गर्नुभएको छ ।

    अधिकारीले भन्नुभयो, “ठुलो ठुलो घाँरबाट एक पटकमा २० किलो र सानो सनो घारबाट १५ किलो मह उत्पादन हुन्छ ।”
    २०६४ सालमा १० ओटा घारबाट आफ्नै लगानीमा मौरी पालन व्यवसाय सुरु गरेका अधिकारीले २०७० सालबाट विक्री वितरण सुरु गर्नुभएको थियो । उहाँले २०७० सालमा २० वटा घारबाट वार्षिक रुपमा २ लाख बरावरको कारोवार गर्ने गरेको बताउनुभयो ।

    अधिकारीले उत्पादित मह, मौरी र मौरी सहितको घाँरलाइ गल्याङ, वायाटारी र वालिङ लगाएतका स्थानीय बजारमा विक्र वितरण गर्नुभएको छ । उहाँले सुद्ध आर्गनिक मह प्रति किलो एक हजारमा, फ्रेम सहितको घार आठ हजाुरमा, मह मौरी सहितको घारलाइ १५ हजारमा विक्रि गर्ने गरेकोे बताउनुभयो ।

    उहाँका अनुसार मौरीका लागि खासै स्याहारको आवस्यकता नपर्ने तर घारको सरसफाइ, कमिला, छेपारो, पुतली, माउसीली, खुम्रे, गहते, वारुला लगाएतका जन्तुले अति दुख दिने गरेको छ । २०७२ सालमा जिल्ला कृर्षि विकास कार्यलय स्याङ्जाबाट युवा स्वरोजगार कार्यक्रम अन्तर्गत अगुवा मौरीपालन कृषक तालिम लिएको अधिकारीले बताउनुभयो ।

    उहाँले तालिम लिए पस्चात सरकारको दुइ लाख रुपया अनुदान लिएर व्यवसायलाइ व्यवस्थीत बनाएको पनि बताउनुभयो ।
    अधिकारी नेपाल मौरी पालन सहकारी संघका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य संघ इकाइ समिति गल्याङ्का सदस्य पनि हुनुन्छ ।
    घरमा आउने पाहुनालाइ आर्गनिक महको स्वाद चखाएर स्वागत गर्दै अधिकारीले विभिन्न ५ सय जातका जडिवुटिहरु उत्पादन गरेर विक्रिवितरण पनि गर्ने गरेको पनि सुनाउनुभयो ।

    उहाँले नर्सरी नै बनाएर जडिवुटिका विरुवाहरु हुर्काउनु भएको छ । “मैले जडिवुटिका विरुवा, जडिवुटि पनि वेच्ने गरेको छु,” अधिकारीको भनाइ छ । “चाहाना राख्यो भने स्वदेशमै केही गर्न सकिन्छ, विदेशमै जानुपर्ने भन्ने छैन, निरन्तर लाग्न सकेमा नेपाली माटौमै सुन फल्न सक्छ, अव विदेश पसेका नेपालीहरु पनि आउनुहोस स्वदेशी माटोमै केही गरौँ,” अधिकारीको अनुरोध छ ।

    गणेश प्रसाद अधिकारी वुवा ज्ञानेस्वर अधिकारी र आमा कौशिलादेवीको चारभाइ छोरा मध्यका जेठो छोरा हुनुहुन्छ ।
    माइलो सम्भुनारायण अधिकारी, साइलो शिवहरी अधिकारी र कान्छो सन्तोष अधिकारी गणेशका भाइहरु हुन ।
    गणेशलाइ मौरी व्यवसायमा वुवा, आमा, श्रीमती विजयालक्ष्मी र भाइहरुले पनि साथ दिएका छन ।

    “वुवाको विशेष प्रेरण र माइलो भाइ सम्भुनारायणको अति विशिष्ट सहयोगका कारण यो व्यवसाय गर्नु सकेको हुँ, ” गणेशको भनाइ छ । माइला भाइ सम्भुनारायण तुल्सीभञ्याङ साना किसान कृषि वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक हुनुहुन्छ । गणेशको एक श्रीमती एक छोरा र एक छोरी छन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    माओवादी अध्यक्ष प्रचण्डको घोषणा : बृद्धाभत्ता पाँच हजार बनाउने घोषणा छिट्टै लागू गर्छौं…

    चितवन । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने...

    चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेको कार्यकम बन्द गराउन यस्तो गरिदै ! अमेरिका बाट भट्टराईले मुख खोले (भिडियो)

    संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक...

    माओवादी नेतृ पम्फा भुषाल भन्छिन ओली नेतृत्व मान्न प्रचण्ड तयार हुनुहुन्छ…(भिडियोसहित)

    माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा...

    प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट भएका थिए भनेपछि…

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट...

    गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (पूर्ण विवरणसहित)

    गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad