SuchanaKendra

प्रकाशित : २०७२/२/१९ गते
Ad

नेपालको लामो ईतिहासमा मानिसहरु सामाजीक रुपाण्तरणलाई जुन गतिमा सोचिरहेका छन । हामी त्यो गतीलाई नयाँ उचाईमा उठाउन चाहान्छौ ।

नेपालको राजनैतिक ईतिहासलाई अगाडी बढाउदै गर्दा जनता र राज्यको बिचमा अन्तरविरोधहरु पैदा भए र हुदै गएका छन । त्यो अन्तरविरोधका कारण जनताका प्रतिनिधिहरु र राज्यका शासकहरुको बिचमा निरन्तर बहस तथा संघर्षका प्रकृयाहरु चलिरहन्छन र चलिनैरहेका छन् ।

सो अवस्थामा जनताको विचमा न जनताका प्रतिनिधि भनिएकाहरु जान सक्छन न विरोधि । सोहि अवस्थामा सोसल मिडियाको माध्यामबाट हामी जनताको विचमा गएका थियौ र आगामी दिनमा पनि निरन्तर जान चाहान्छौं ।

आज हामीले समाचार, मनोरञ्जनका साथै सबै सुचनाहरुको एउटै केन्द्र सुचना केन्द्र डटकमको नाममा अनलाईन पत्रिका चलाउने सोच बनाएका छौ त्यो हाम्रो आवेग र अरु कसैको रिसीईविमा निकालिएको निस्कर्ष होईन । तर यो अवस्थामा हामीलाई जुन गतीमा केहि मानिसहरुले सोचरहेका छन त्यसलाई पराजीत गर्न हामी निरन्तर जनताको सुचना पाउने अधिकारको नारा लिएर अगाडी बढी नै रहनेछौ ।

केहि मानिसहरु आजको यो समयमा आफुलाई सबै कुराको हिमायती तथा ठेकेदार जस्तो ठानिरहेका छन त्यो तिनीहरुको भ्रम मात्रै हो त्यसैले पनि हामी अगाडी आएका छौ ।

हामीले आज यो अनलाईनलाई जुन तरिकाबाट सञ्चालन गर्ने सोच बनाएका छौ छिट्टै नै यसलाई नेपाली जन जनको समाचार केन्द्रको रुपमा सञ्चालनमा ल्याउने सोच बनाएका छौ।

आज तपाईहरुले जसरी यो अनलाईनको फेसबुक साईटलाई छोटो समयमा नै यति धेरै माया गर्नु भएको छ सोहि स्तरमै हामीलाई तपाईहरुको माया प्राप्त हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौ ।

यसरी हामीले अगाडी बढ्नेमात्रै के सोचेका थियौ हामीलाई दरिलो हातको साथ मिलेको छ । हामीलाई अगाडी बढ्न शाहस तथा हौसला दिनुहुने आदणीय मित्र मुक्ती अधिकारीकमल बुढा प्रति ह्दय देखि नै सम्मान गर्न चाहान्छौ । र आगामी दिन यो भन्दा अझै उच्च स्तरको सम्बन्ध र सहयोगको अपेक्षा पनि गर्दछौं ।

हामी परिक्षण प्रशारणको यो चरणमा प्रवेश गर्दैछौ आशा तथा बिश्वास छ तपाईहरुको सकारात्मक सुझाव तथा सल्लाह पाईनै रहनेछौं । र छिट्टै नै हामी पूर्ण प्रशारणमा जाने छौ ।

बैकुण्ठ गिरी
प्रमुख सम्पादक तथा निर्देशक

३२१ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad