SuchanaKendra

  • Radio Kushum


  • तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता गलकोट नगरपालिका फाइनलमा प्रबेश

    बिहादी गाउँपालिका सेमिफाइनलमा उपस्थती नभएको हुदाँ फलेबास नगरपालिकाले स्वत तेस्रो स्थान प्रप्त गरेको छ ।

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/२६ गते
    १८६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सवमा आज एघारौ दिनमा भएको महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता अन्तर्गत हिजोको दोस्रो सेमिफाइनल खेल गलकोट नगरपालिकाको र बिहादी  गाउँपालिका बिच हुने तयारी भईरहेको थियो । गलकोट नगरपालिका समयमानै मैदानमा उपस्थित भए पनि निर्धारित समय सम्म पनि बिहादी गाउँपालिका खेल मैदानमा उपस्थित नभएको हुँदा खेल रेफ्री र आयोजकहरुले वाकओभर दिदै गलकोट नगरपालिका फाईनलमा प्रबेश गर्न सफल भयो ।

    त्यस्तै तेस्रो स्थानको लागि हुने खेलपनि बिहादी गाउँपालिका सेमिफाइनलमा उपस्थती नभएको हुदाँ फलेबास नगरपालिकाले स्वत तेस्रो स्थान प्रप्त गरेको छ । पहिलो सेमिफाइनल खेलमा फलेबास नगरपालिका कुश्मा नगरपालिका संग पराजित भएको थियो । अब फाईनल नगरपालिका कुश्मा नगरपालिका र गलकोट नगरपालिका बीच हुनेछ । नकआउट चरण मा खेलाएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,०२,२२२/ (दुईलाख दुईहजार दुईसय बाईस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,०१,१११/ (एकलाख एकहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ५०,१११/ (पचासहजार एकसय एघार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) रहेको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं